२९ भदौ २०८३, सोमबार | September 15, 2026

एमाले काँग्रेस मिले, मिलेनन् उपप्रमुख र पत्रकार : तिलोत्तमा विवाद



बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा उत्पन्न विवादमा भागवण्डा मिलेर एमाले र काँग्रेसका जनप्रतिनिधिहरु अगाडि बढेपनि नगरपालिकाकी उप प्रमुख जागेश्वरी चौधरी र पत्रकारहरुको वाकयुद्ध भने सकिएको छैन ।

विवादकैबीचमा उपमेयरले पत्रकारको झोला खानतलासी गरेको भन्दै पत्रकार महासंघ रुपन्देहीले विज्ञप्ति निकाले लगत्तै उपप्रमुख चौधरीले पनि विज्ञप्ति प्रकाशित गर्दै अनाधिकृतरुपमा नगरपालिकाको माईन्युट पुस्तिका पत्रकारले झोलामा लुकाएर बेपत्ता पार्न खोजिएको आरोप लगाएकी छन् ।

यस अघि नेपाल प्रेस युनियन रुपन्देहकी अध्यक्ष रेखा भुसाल र वरिष्ठ पत्रकार यमलाल भुसालको झोला उपमेयर सहितको एमाले जनप्रतिनिधिहरुले अनाधिकृतरुपमा खानतलासी गरेको र पत्रकारमाथि दुर्ब्यवहार भएको भन्दै प्रेस युनियन र पत्रकार महासंघ रुपन्देहीले आपत्ति जनाएको थियो ।

त्यस लगत्तै उपप्रमुख चौधरीले पनि विज्ञप्ति प्रकाशित गर्दै नक्कली माईन्युट पत्रकार यमलाल भुसालले बोकेको रेखा भुसालको ब्यागमा भेटिएको दाबी गरेकी छन् । उनले नगरपालिकाको माईन्युट नै पत्रकारले झोलामा हालेर निस्कन खोजेपछि आफुहरुले झोलाबाट माईन्युट निकालेको बताएकी छन् । ‘के नगरसभाको माइन्यूट अनाधिकृत व्यक्तिले आफ्नो झोलामा राखेर निस्कन मिल्छ ? स्वतन्त्र पत्रकारको नाममा के एकजना पत्रकारले सरकारी कागजात लिएर हिड्न मिल्छ ?’ उप प्रमुख चौधरीले प्रश्न गरेकी छन् ।

नगरसभा संचालनका सम्बन्धमा दुईदलकाबीच सहमति भएपनि सो विवाद पत्रकार र उपमेयरबीच बल्झेको छ । महासंघ र उपमेयरबीच विज्ञप्तिको जुहारी चलेपछि सो विवादका लागि घटनास्थलमा रहेको सीसीटिभी फुटेज हेरेर विवाद सुल्झाउनु पर्ने प्रेस चौतारी रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलले सुझाव दिएका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ७ : ०५ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ