२९ भदौ २०८३, सोमबार | September 15, 2026

जनार्दन शर्मामाथि छानबिन गर्ने समितिको म्याद थपिएला ?



काठमाडौं । बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको र सिसिटिभी फुटेजबारे जाँच गर्न गठन भएको संसदीय छानबिन समितिको समय थप्ने तयारी गरिएको छ ।

१० दिनको म्यादसहित असार २२ मा गठन भएको समितिको म्याद बिहीबार सकिँदैछ । तर, समितिले समय सीमाभित्र छानबिन नसकिएकाले समय थप गर्ने तयारी गरिएको हो । त्यसका लागि आज बसेको समितिको बैठकले ७ दिन म्याद थप गर्न आग्रह गर्ने निर्णय गरेको समितिका एक सदस्यले जानकारी दिए ।

केही व्यक्तिको बयान लिन बाँकी रहेको छ भने सिसिटिभीको हार्ड डिस्क जाँचका लागि प्रहरीको फरेन्सिक ल्याबमा पठाइएको छ ।

उक्त रिपोर्ट आएपछिमात्र समिति टुंगोमा पुग्न सक्ने भएकाले त्यसका लागि समय थप गर्न सभामुख अग्निप्रसाद सापकोटासँग आग्रह गर्ने निर्णय समितिको छ । समितिले बिहीबार बिहान अर्थमन्त्री जनार्दन शर्मासँग बयान लिने तयारी गरेको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ९ : ४१ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ