२३ चैत्र २०८२, सोमबार | April 6, 2026

कर्णालीमा सत्ता गठबन्धन विवाद : सर्वदलीय बैठकमा भएन सहमति



सुर्खेत । कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीको पहलमा बोलाइएको सर्वदलीय बैठक निष्कर्ष विहीन भएको छ । मंगलबार नेकपा माओवादी केन्द्रबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्यहरुले बिभिन्न माग राखेर सदन अवरुद्ध गरेका थिए । अवरुद्ध सदन खुलाउनका लागि आज सभामुख शाहीले बोलाएको सर्वदलीय बैठकमा सहमति जुट्न नसकेको हो ।

आज बिहान माओवादी सांसदीय दलको बैठकले दल नेता महेन्द्रबहादुर शाहीलाइ वार्ता तथा सहमतिका लागि पहल गर्ने जिम्मेवारी दिएको थियो । सत्तारुढ दल भित्र नै असहति बढेपछि माओवादीले सदन अवरुद्ध गरेको थियो । सदनदेखि विषयगत कुनै पनि समितिमा माओवादी सहभागी नहुने निर्णय गरेको माओवादीसँग आज नै भएको सर्वदलीय बैठकबाट समेत कुनै सहमति हुन सकेन ।

मुख्य कुरा भन्दा पनि आलटाल गर्न खालका कुराहरु ल्याएर बैठकमा मुख्यमन्त्री प्रस्तुत भएपछि हलुका तरिकाले बैठकमा बस्न नसकिने भन्दै सांसदीय दलका नेता महेन्द्रबहादुर शाही बैठकबाट बाहिरिएका थिए ।

बैठकमा नेकपा एमालेको तर्फबाट यमलाल कँडेल, मुख्यमन्त्री जीवनबहादुर शाही , नेकपा एकीकृत समाजवादी केन्द्रबाट एक जना बैठकमा सहभागी रहेका थिए । सभामुखले समेत माओवादीलाइ पक्षपात रुपमा हेरेको नेकपा माओवादी केन्द्र सांसदीय दलकी सचेतक कृष्ण शाहले बताइन् ।

शाहका अनुसार फेरी बैठक बस्ने गरी आजको बैठक सकिएको छ । माओवादीले सरकार एकलौटी हिँडेको र प्रमुख सत्ता दल माओवादीलाई निषेध गर्न खोजिएको आरोप लगाएको छ ।

यस्तो अवस्थामा प्रदेशसभाका कुनै पनि कामकार्वाहीमा सहभागि हुन नसक्ने उनको भनाइ छ । ‘सरकारले प्रमुख सत्ता साझेदार दल माओवादीलाई पूर्ण वेवास्ता गरेको छ । विगतमा पनि गठबन्धन सरकार थियो’ शाहीले भने । अघिल्लो सरकारले परिवर्तनका लागि जीवन समर्पण गर्नेको स्मृतिमा सहिद स्मृति भत्ता, घाइते अपाङ्गताका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरेको भन्दै सरकारले यसलाई कार्यान्वयन नगरी बजेट फ्रिज गराएको उनको आरोप छ ।

सरकारकै कारण माओवादी केन्द्रको भागमा परेको अर्थ तथा प्राकृतिक स्रोत समिति नेतृत्व बिहीन बनेको, शान्ति पूनर्स्थापना केन्द्र, सिंजा सभ्यता संरक्षण, पर्वतीय विश्वविद्यालय, आमसञ्चार विधेयक लागयतका महत्वपूर्ण विधेयक पनि सरकारका कारण प्रदेशसभाको कार्यसूचिमा पर्न नसकेको माओवादीको आरोप छ ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ९ : ५५ बजे

ओली र लेखकलाई हिरासतमा राख्ने म्याद नथप्न सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री

दोस्रो सौभाग्य गोल्डकपमा देवदहको सहज जित

बुटवल । बुटवलमा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य

रुपन्देही उद्योग संघमा खाद्यान्न र कृषि तथा डेरी वस्तुगत समिति गठन

बुटवल । रुपन्देही उद्योग संघमा सोमबार दुई वटा बस्तुगत समिति

कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक

लुम्बिनी प्रदेशसभा बैठक : सरकारप्रति प्रश्न र सुझाव

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक