४ पुस २०८२, शुक्रबार | December 19, 2025

चौबिस घण्टामा विश्वमा थपिए करिव ८ लाख कोरोनाका नयाँ संक्रमित, १६ सय २७ जनाको मृत्यु



काठमाडौं । पछिल्लो चौबिस घण्टामा विश्वमा कोरोना भाइरसका ७ लाख ९१ हजार ४७ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै विश्वमा कोरोना भाइरस संक्रमित हुनेको संख्या ५७ करोड ४ लाख ८७ हजार ८८९ पुगेको छ ।

वल्डोमिटर्सका अनुसार बितेको चौबिस घण्टामा अमेरिकामा १ लाख ५ हजार ४७५ जना नयाँ संक्रमित थपिएका छन् ।

यस्तै, सोही समयमा ब्राजिलमा ५६ हजार २५४, भारतमा १६ हजार ४३, फ्रान्समा ८९ हजार ९८२, इटालीमा ८६ हजार ६७ र दक्षिण कोरियामा ७६ हजार ३७८ जना नयाँ संक्रमित थपिएका छन् ।

कोरोना भाइरस संक्रमणका कारण पछिल्लो चौबिस घण्टामा विश्वमा १ हजार ६२७ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ६३ लाख ९३ हजार ८७५ पुगेको छ ।

विश्वमा कोरोना संक्रमित भएकामध्ये हालसम्म ५४ करोड १५ लाख २५ हजार ९६२ जना निको भइसकेका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहिबार  ७ : ०७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको