३० भदौ २०८३, मंगलबार | September 15, 2026

दश महिनामा एनजीओको साढे २६ अर्बभन्दा बढी बजेट स्वीकृत



काठमाडौं । समाज कल्याण परिषद्ले दश महिनामा गैरसरकारी संस्था (एनजीओ)को साढे २६ अर्बभन्दा बढी बजेट स्वीकृत गरेको छ ।

गत आर्थिक वर्ष २०७८/७९ को पहिलो १० महिना अर्थात २०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा परिषद् एनजीहरुको उक्त बजेट स्वीकृत गरेको हो ।

परिषद्का अनुसार दश महिनामा स्वीकृत भएको कूल बजेट २६ अर्ब ६७ करोड ४४ हजार ५८३ रुपैयाँ रहेको छ । यो रकममध्ये एनजीओहरुले २६ खर्ब १२ करोड ३० लाख ४० हजार १८६ रुपैयाँ बाह्य दाताबाट प्राप्त गर्नेछन् । बाँकी ५४ करोड ७० लाख ४ हजार ३९७ रुपैयाँ भने एनजीओहरुले आन्तरिक रुपमा व्यवस्थापन गर्ने परिषद्ले जनाएको छ ।

दश महिनाको अवधिमा परिषद्ले विभिन्न एनजीओका १ हजार १५५ वटा प्रोजेक्टहरुलाई स्वीकृति प्रदान गरेको छ, जहाँ उक्त रकम खर्च गरिने छ । एनजीओका कार्यक्रम देशका ७७ वटै जिल्लामा रहेका छन् । स्वीकृत भएको बजेट केही एक वर्षको लागि र केही पाँच वर्षे कार्यक्रमको लागि रहेको छ ।

 

 

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहिबार  ७ : ४१ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ