२९ माघ २०८२, बिहिबार | February 12, 2026

डिभिजन वन लमजुङको ९०.८४ प्रतिशत प्रगति



लमजुङ । डिभिजन वन कार्यालय लमजुङले गत आर्थिक वर्ष ०७७/७८ मा ९० प्रतिशत वित्तीय प्रगति गरेको छ ।

डिभिजनल वन प्रमुख पूर्णेश्वर सुवेदीका अनुसार प्रदेश सरकारबाट विनियोजित बजेट मध्ये चालूतर्फ ९७ दशमलव ९० प्रतिशत प्रगति भएको छ भने पुँजीगततर्फ ८४ दशमलव ५९ प्रतिशत वित्तीय प्रगति भएको छ ।

संघीय सशर्त कार्यक्रमतर्फ पनि चालू कार्यक्रममा ९० दशमलव ५६ प्रतिशत वित्तीय प्रगति भएको छ भने पुँजीगततर्फ शतप्रतिशत प्रगति भएको कार्यालय प्रमुख सुवेदीले बताए । कार्यालयका अनुसार चालू आर्थिक वर्षमा प्रदेश सरकारबाट विभिन्न शीर्षकमा विनियोजित ४ करोड ७८ लाख ९५ हजार रुपैयाँमध्ये ३ करोड, ७ लाख, १८ हजार अर्थात् ६४ दशमलव १४ प्रतिशत मात्रै खर्च भएको छ ।

प्रदेश सरकारतर्फका कार्यक्रममध्ये डिभिजन वन कार्यालय प्रशासनिक चालू तर्फमात्रै ३ करोड ५१ लाख ७० हजार विनियोजन भएकोमा १ करोड ९२ लाख ७० हजार रुपैया मात्रै खर्च भएको छ । त्यसैगरी डिभिजन वन कार्यालय विकास चालु तर्फ ७५ लाख ८५ हजार रुपैयाँ विनियोजन भएकोमा ६४ लाख १६ हजार रुपैयाँ खर्च भएको छ । सो बाहेक डिभिजन वन कार्यालय विकास पुँजीगततर्फ ५१ लाख ४० हजार रुपैया विनियोजन भएकोमा ५० लाख ३२ हजार रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ ।

डिभिजन वन कार्यालयले संघीय सशर्त कार्यक्रमतर्फको कार्यक्रममध्ये राष्ट्रिय वन विकास तथा व्यवस्थापन कार्यक्रम र जडीबुटी विकास कार्यक्रम तर्फ शतप्रतिशत वित्तिय प्रगति भएको जनाएको छ ।

सो बाहेक संघीय सशर्त कार्यक्रमतर्फ राष्ट्रिय वन बिकास तथा व्यवस्थापन कार्यक्रममा ९० दशमलव ४९ प्रतिशत वित्तीय प्रगति भएको छ भने वन तथा भुसंरक्षण विभागअन्तर्गत ८८ दशमलव ४३ प्रतिशत, वातावरण विभाग अन्तर्गत ९१ दशमलव ७१ प्रतिशत र जडीबुटी विकास कार्यक्रम अन्तर्गत ८५ दशमलव ७१ प्रतिशत वित्तीय प्रगति भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार चालू आर्थिक वर्षमा प्रदेशतर्फ ८९ दशमलव ९६ र संघीय सशर्ततर्फ ९२ दशमलव २६ प्रतिशत प्रगति भएको सुवेदीले बताए ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहिबार  ८ : ३७ बजे

टी-२० विश्वकप : दोस्रो खेलमा नेपाल आज इटालीसँग भिड्दै

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप क्रिकेटअन्तर्गत दोस्रो खेलमा नेपालले

निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारबाहीका लागि प्रेस काउन्सिललाई पत्राचार

काठमाडौं । निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घनको उजुरी परेका सञ्चारमाध्यम र

निर्वाचन आउन २१ दिन बाँकी : यस्ता छन् नागरिक शिक्षा प्रवर्द्धनका लागि स्रोत सामग्री

काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नागरिक

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीद्वारा निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

काँग्रेस उपसभापति शर्माले बुधबार रुपन्देहीका नेता कार्यकर्तालाई सम्बोधन गर्ने

बुटवल । आसन्न प्रतिनीधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेसका