१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

‘कृष्ण–लीला’ टिमसँग पुष्प र दीपकको जन्मदिन : जन्मदिनमा पुष्पलाई श्रद्धाले दिइन् राधाकृष्ण उपहार



काठमाडौं । अभिनेता पुष्प खड्का र निर्देशक दीपक ओलीले ‘कृष्ण–लीला’ टिमसँग जन्मदिन मनाएका छन् । ‘कृष्ण–लीला’ का प्रस्तुतकर्ता रोहित कट्टेल र कार्यकारी निर्माता रत्न श्रेष्ठले आफ्नो फिल्मको हिरो र निर्देशकको एकैदिन परेको जन्मदिनको अबसरमा बिहीबार (साउन ५) राजधानीमा बिशेष कार्यक्रम आयोजना गरेका थिए ।

भदौ ३ गतेदेखि प्रदर्शनमा आउने फिल्मका निर्देशक र अभिनेताको जन्मदिन बिशेष कार्यक्रममा फिल्मकी नायिका श्रद्धा क्षेत्री तथा अभिनेता द्धय बुद्धि तामाङ र रबिन्द्र झा पनि उपस्थित थिए ।

आफ्नो प्रदशोन्मुख फिल्मका निर्माताले जन्मदिनको अबसरमा ‘सरप्राइस पाटी’ आयोजना गरेकोमा दुवै ‘बर्थ डे ब्वाइ’ ले खुशी ब्यक्त गरे । ‘यसरी फिल्म टिमसँग जन्मदिन मनाउन पाउदा निकै खुशी लागेको छ,’ पुष्पले भने, ‘यो बर्षको जन्मदिन निकै बिशेष बनाइदिनु भयो । हृदयदेखि आभारी छु ।’ निर्देशक दीपकले पनि निर्माण टिम,उपस्थित संचारकर्मी र सम्पूर्ण शुभचिन्तकमा कृतज्ञता ब्यक्त गरे ।

कार्यक्रममा नायिका श्रद्धाले आफ्नो ‘को–एक्टर’ पुष्पलाई के गिफ्ट दिन्छिन् भन्ने कुतुहलता सबैमा थियो । उनले पुष्पलाई राधाकृष्णको मुर्ति र परफ्युम ‘गिफ्ट’ गरिन् । श्रद्धाले सो उपहार फिल्मसँगै सम्बन्धित भएको बताइन । तर उपस्थित संचारकर्मीले उनीहरुबीच अफेयर रहेको चर्चालाई थप बलियो बनाएको भन्दै प्रेमसम्बन्धी प्रश्नहरु तेस्र्याएका थिए । पुष्प र श्रद्धाले भने आफूहरु निकट रहेको भने स्वीकारे ।

आरआर फिल्मस्को ब्यानरमा निर्मित ‘कृष्ण–लीला’ ले प्रदर्शनको मिति नजिकीदै जादा प्रचारप्रशारलाई तीब्र बनाउदै लगेको छ । फिल्ममा पुष्प,श्रद्धा,बुद्धि र रबिन्द्रका साथमा भावना गुरुङ,नवीन रेग्मी,हिउंवाला गौतमलगायतका कलाकारले अभिनय गरेका छन् । लक्ष्मण सुवेदी लिखित फिल्म शिब ढकालले खिचेका हुन् । अर्जुन पोखरेल र बाबुल गिरीको संगीत रहेको फिल्मका गीतहरु अहिले चर्चामा छन् । प्रकाशराज कार्की र केवल तामाङ निर्माता रहेको फिल्मको सहनिर्मातामा रोजन श्रेष्ठ र पिताम्बर आचार्य तथा लाइन प्रोड्युसमा रमेश तामाङ छन् । फिल्म भदौ ३ मा देशभरका एक सयभन्दा बढी स्क्रिनमा प्रदर्शन हुने जानकारी आरआर फिल्मस्ले दिएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहिबार  ५ : ३९ बजे

जापानद्वारा बिपी राजमार्गको पिप्ले-बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

काभ्रेपलाञ्चोक । जापानको सहयोगमा बिपी राजमार्गको काभ्रेपलाञ्चोकको पिप्लेदेखि बर्खेखोला सडकखण्डको

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्ने तय भएको छ ।

ईयू आबद्ध देशका राजदूतसँग सामूहिक भेटवार्ता गर्दै प्रधानमन्त्री बालेन्द्र शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज नेपालस्थित युरोपेली

रौतहटमा हुरीले घर भत्किँदा महिलाको मृत्यु

रौतहट । रौतहटमा सोमबार साँझ आएको हुरीले भत्केको घरले थिचिँदा

आजको मौसम : पहाडका केही स्थानमा मध्यम वर्षा, तराईमा तातो हावा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा