१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

एक वर्षमा एक लाख ९० हजार बढीले चितवन राष्ट्रिय निकुञ्ज घुमे



चितवन । गत आर्थिक वर्ष २०७८/७९ मा एक लाख ९० हजार ४५८ जनाले चितवन राष्ट्रिय निकुञ्ज घुमेका छन् । दुर्लभ एकसिंगे गैंडालगायतका वन्यजन्तु हेर्नका लागि विश्वका विभिन्न मुलुकबाट पर्यटकहरु चितवन आउने गर्छन् ।

निकुञ्जभित्र जिप सफारी र डुंगा सफारी गर्न आन्तरिक ९नेपाली०, सार्क मुलुक र विदेशी मुलुकका पर्यटक आउने गरेको निकुञ्जले जनाएको छ । निकुञ्जभित्र हात्ती सफारी भने हुँदैन । पर्यटन व्यवसायीहरुले मध्यवर्ती सामुदायिक वनमा मात्रै पर्यटकलाई हात्ती सफारी गराउने गर्छन् ।

निकुञ्जका अनुसार गत आवमा एक लाख ५५ हजार ६७१ नेपाली पर्यटकले निकुञ्ज घुमे । त्यस्तै, सार्क मुलुकका १९ हजार ९७९ र सार्क मुलुक बाहिरका १४ हजार ८०८ पर्यटकले निकुञ्ज घुमेको देखिन्छ ।

निकुञ्ज घुम्नका लागि नेपाली पर्यटकलाई १५० रुपैयाँ, सार्क मुलुकका पर्यटकलाई ५०० रुपैयाँ र सार्क मुलुक बाहिरका पर्यटकलाई दुई हजार रुपैयाँ शुल्क लाग्छ ।

गत आवमा निकुञ्जभित्र घुम्ने पर्यटकबाट निकुञ्जले सात करोड २९ लाख ४५ हजार ६५० रुपैयाँ आम्दानी गरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

त्यस्तै, जीप सफारीबाट दुई करोड ७८ लाख ८० हजार र डुंगा सफारीबाट १५ लाख ७३ हजार २०० रुपैयाँ आम्दानी भएको उनले बताए ।

गत आवको साउन र भदौमा जीप सफारी र डुंगा सफारी भएको थिएन । दुई महिनामा चार हजार ८८३ पर्यटकले मात्रै निकुञ्ज अवलोकन गरे । पर्यटनका लागि निकुञ्जको मुख्यालय कसरामा घडीयाल गोही प्रजनन केन्द्र स्थापना गरिएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहिबार  १० : २७ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम