१० पुस २०८२, बिहिबार | December 26, 2025

७ वर्षपछि मात्र विदेशी महिलालाई वैवाहिक अंगिकृत नागरिकता दिनुपर्छ : खगराज अधिकारी



काठमाडौं । नेकपा एमालेका सांसद खगराज अधिकारीले नेपालीसँग विवाह गरेको महिलाले ७ वर्षपछि मात्र नागरिकता दिनुपर्ने अडान दोहोर्‍याएका छन् ।

प्रतिनिधिसभाको जारी बैठकमा मुल संशोधनकर्ताकातर्फबाट धारणा राख्दै सांसद अधिकारीले नेपाली पुरुषसँग विवाह गरेको ७ वर्षपछि मात्रै वैवाहिक अंगिकृत नागरिकता दिनुपर्ने अडान दोहोर्‍याएका हुन् ।

‘यसअघि पनि संसदीय समितिमा नेपाली पुरुषसँग विवाह गरेको ७ वर्षपछि मात्रै वैवाहिक अंगिकृत दिने भन्ने सहमति भएको थियो,’ अधिकारीले बैठकमा भने, ‘सोही सहमतिका आधारलाई मानेर नागरिकता दिनुपर्ने व्यवस्था गर्नुपर्छ, नत्र मुलुक फिजीकरणको दिशातर्फ जाने देखिन्छ ।’

नागरिकताजस्तो संवेदनशील विषय ‘फास्ट ट्रयाक’ पारित गर्न नहुने भन्दै संसदीय समितिमा पुनस् पठाउनुपर्ने अधिकारीको माग छ ।

यसअघि संसदमा पेस गरेको नागरिकता विधेयक फिर्ता लिएर सरकारले नयाँ विधेयक पेस गरेपछि प्रतिनिधिसभा बैठकको जारी बैठकमा फास्ट ट्रयाकबाट पारित गराउन प्रयास भएपछि अधिकारीलगायतले आपत्ति जनाएका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  १ : ५७ बजे

सिन्धुलीको कमलामाई क्षेत्रमा कर्फ्यू जारी, सुरक्षा अवस्था तनावग्रस्त

सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा उत्पन्न

बालेनले राजनीतिक भेटघाट तीव्र पारे, वैकल्पिक शक्तिसँग दिनभर छलफलपछि ज्वागलबाट बाहिरिए

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ आफ्ना सहयोगी

भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद, उद्योग तथा पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता

बुटवल । भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा

नाग्म-गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला । नाग्म-गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र