१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

‘प्रकाश’जुम्लाको बास्तबिक कथा हो, यसले नेपालको कथा बोल्छ : अभिनेता प्रदिप खड्का



बुटवल । महिलाहरुको महानपर्व तीजलाई मध्यनजर गर्दै नेपाली फिल्मी पर्दामा भाद्र १० गते रिलिज हुन लागेको फिल्म प्रकाशले देश दौडाहा शुरु गरेको छ। चलचित्रका अभिनेता प्रदिप खड्का, अभिनेत्री दिया मास्के, रेणु योगीका साथमा प्रोडक्सन कन्ट्रोलर मनोज जोशी, कमेडियन आर्टिस्ट आयुष श्रेष्ठ, आशिष घिमिरे, पुजन अधिकारी, एलन जंग थापा, आदर्श मिश्रा लगायतको उपस्थितिमा फिल्म युनिट देश दौडाहामा निस्केको हो ।

चकलेटी नायक कहलिएका अभिनेता प्रदिप खड्का अब हिरो मात्र बनेर भन्दै नेपाली जनताको समाजको हिरो बन्नु पर्ने भन्दै फिल्म प्रकाशमा त्यस्तो हिरोको अभिनयमा देखिने दाबी गर्छन् । बुटवलका पत्रकारहरुसँग गफिँदै अभिनेता खड्काले जुम्लाको बिकट स्थानमा छायांकन गरिएको सो फिल्ममा अभिनय गर्न त्यति सहज नभएकोले सबै फिल्म टिमको सहयोगले सो काम सोचेजस्तो र पुरा गर्न सकिएको बताए। प्रकाश जुम्लाको बास्तबिक कथा भएकाले समग्र नेपालको एक बेरोजगार युवा, द्वन्दमा चपेटिएको युवा, र राजनीति बिना असम्भव समाजमा युवाको संघर्षलाई कथामा उतारिएको खड्काले जनाए। तीजको अवसर पारेर सबै नेपालीको लागी टिप्पिकल नेपाली फिल्मको स्वाद चखाउन आफुहरु दर्शक सामु आएको उनको भनाई छ।

फिल्ममा प्रदिपकी आमाको अभिनयमा जमेकी अभिनेत्री दिया मास्केले आफु समाजकी सहनशील शुसिल र इमान्दार महिलाको अभिनय गरेको उल्लेख गरेकी छिन्। अभिनयले कहिले रुवाउछ कहिले हसाउछ , समग्र रुपमा फुल मनोरन्जनात्मक सामजिक संदेश दिने फिल्म प्रकाश हेर्न सबैलाई उनले आग्रह समेत गरिन्।

फिल्ममा प्रदीपले अभिनयको हिसाबमा ‘प्रकाश’ र ‘प्रेमगीत ३’मा काम गर्दा आफूले दिने चिजमा कुनै फरक नपरेको बताए । दुवै फिल्ममा आफूले शतप्रतिशत दिएको उनको भनाई छ । ट्रेलर रिलिज कार्यक्रममा प्रदीपको अभिनेत्री रेनु योगीसँग राम्रो बोन्डिङ देखिएको थियो । फिल्ममा रेनुले आफूलाई ‘सर’ भन्ने गरेकाले आफूहरुको सम्बन्ध शिक्षक र विद्यार्थीको जस्तो रहेको भन्दै उनले ठट्टा गरे । बिनिश इण्टर्टेन्मेण्ट प्रालीको प्रस्तुति रहेको फिल्मको निर्देशन प्रसाद, क्लासिक, नोभेम्बर रेन जस्ता सफल चलचित्र निर्देशन गरिसकेका निर्देशक दिनेश राउतले गरेका हुन्।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ६ : २२ बजे

जापानद्वारा बिपी राजमार्गको पिप्ले-बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

काभ्रेपलाञ्चोक । जापानको सहयोगमा बिपी राजमार्गको काभ्रेपलाञ्चोकको पिप्लेदेखि बर्खेखोला सडकखण्डको

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्ने तय भएको छ ।

ईयू आबद्ध देशका राजदूतसँग सामूहिक भेटवार्ता गर्दै प्रधानमन्त्री बालेन्द्र शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज नेपालस्थित युरोपेली

रौतहटमा हुरीले घर भत्किँदा महिलाको मृत्यु

रौतहट । रौतहटमा सोमबार साँझ आएको हुरीले भत्केको घरले थिचिँदा

आजको मौसम : पहाडका केही स्थानमा मध्यम वर्षा, तराईमा तातो हावा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा