१० पुस २०८२, बिहिबार | December 26, 2025

पुँजीवादीहरूमा उदारता आएर होइन, मजदुरहरुकै कारण अहिलेको अवस्था आएको हो : केपी ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्व अहिलेको स्थितिमा भइरहेको विकास र आधुनिकता मजदुरहरूकै कारण भएको बताएका छन् । विश्वका विभिन्न देशमा मजदुर युनियन आवश्यक नै नभएको भनेर अभियान समेत चलेको तर पछि उनी मजदुहरूबाटै विश्वमा परिवर्तन सम्भव भएको बताए ।

काठमाडौंमा शनिवार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले अहिले पुँजीवादीहरूका कारण विश्वमा परिवर्तन भएको हो की जस्तो देखिए पनि त्यस नभएको उनले बताए । उनी यो परिवर्तन हाम्रो संघर्षको परिणम भएको उनको भनाइ थियो ।

कार्यक्रममा उनले नेपालमा पनि भएका जति पनि सुधार छन सबै मजुदरकै कारण भएको बताए । उनले कार्यक्षेत्रमा महिला पुरुष बराबरी, कार्यस्थल सुरक्षा, बिमा, ज्यालमा समानाता, समाजिक सुरक्षा जस्ता सबै सुधार मजदुरकै कारण भएको बताए । तीन वर्ष अघि अर्थात सन् २०१९ मा आफू आइएलओमा जाँदा पनि त्यहाँ नेपाली मजदुरहरुको योगदानको प्रशंसा भएको सुनाए ।

कार्यक्रममा उनले नेपालको भविष्य र सुसासनको मजदुरहरुमै निर्भर रहेको बताए । साथै, समृद्ध नेपाल, सुखी नेपाली अभियान मजदुर आन्दोलन र मजदुर युनियनकै उपार्जन भएको उनले बताए ।

 

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  २ : ३१ बजे

सिन्धुलीको कमलामाई क्षेत्रमा कर्फ्यू जारी, सुरक्षा अवस्था तनावग्रस्त

सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा उत्पन्न

बालेनले राजनीतिक भेटघाट तीव्र पारे, वैकल्पिक शक्तिसँग दिनभर छलफलपछि ज्वागलबाट बाहिरिए

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ आफ्ना सहयोगी

भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद, उद्योग तथा पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता

बुटवल । भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा

नाग्म-गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला । नाग्म-गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र