१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

मंकीपक्स प्रकोपलाई विश्व स्वास्थ्य संगठनबाट विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा



काठमाडौं । बिभिन्न राष्ट्रमा मंकस्पक्सको प्रकोप देखिन थालेपछि प्रकोपलाई विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । यो वर्गीकरण विश्व स्वास्थ्य संगठनले जारी गर्न सक्ने सबैभन्दा उच्च सतर्कता हो । विश्वभर मंकीपक्सको बिरामीको संख्या बढेपछि स्वास्थ्य आपतकाल घोषणा गर्ने निर्णय लिइएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

मंकीपक्स प्रकोपलाई लिएर विश्व स्वास्थ्य संगठनको आपतकालीन समितिको दोस्रो बैठकको स्वास्थ्य आपतकाल घोषणा गर्ने निर्णय लिएको हो । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस्ले ७५ देशमा १६ हजार भन्दा बढी केसहरू पहिचान भइसकेको र यसबाट हालसम्म पाँच जनाको मृत्यु भएको जानकारी दिए ।

वर्तमान अवस्थामा संगठनले कोरोना भाइरस महामारी र पोलियो उन्मूलनको लागि भइरहेको निरन्तर प्रयास शिर्शकमा दुईवटा प्रकोपविरुद्ध स्वास्थ्य आपतकाल घोषणा गरिसकेको छ । डा.टेड्रोसले संगठनको आपतकालीन समिति सुरुमा मंकीपक्सको प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपतकालको रूपमा वर्गीकृत गर्ने कि नगर्ने भन्नेमा सहमतिमा पुग्न नसकेको तर प्रकोपको द्रुत विस्तारका कारण यो अन्तर्राष्ट्रिय चासोको विषय भएको निर्णय गरेको बताए । बीबीसीबाट साभार

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  १० : ३८ बजे

विराटनगरमाथि चितवनको ८ रनको रोमाञ्चक जित, एनपीएलमा विजयी सुरुवात

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा चितवन राइनोजले

गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, सवा करोडभन्दा बढीको बिगो माग

सिरहा । सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख (पूर्वमेयर) देवनाथ साह

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौं । नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी)ले

आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

नेपालगन्ज । गाउँगाउँमा परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिले विस्थापित गरेसँगै