१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

रुपन्देहीमा एक सातामा पाँच ट्रक कपडा बरामद, प्रहरी छाड्छ, भन्सारले समात्छ



भैरहवा । रुपन्देहीमा पछिल्लो एक सातामा पाँच ट्रक अवैध कपडा बरामद भएको छ । बरामद कपडा सुरक्षाका विभिन्न पोष्ट पास भएका थिए । सुरक्षा पोष्ट पास भएर कपडा भित्रनुलाई सुरक्षा निकायकै मिलेमतो त छैन भनेर आशंका गरिएको छ ।

बिहीबार राती सवा १ बजे मायादेवी गाउँपालिका बनगाईबाट लु१ज ४४६२ नम्बरको बलेरो पिकअपमा कपडासहित एक जनालाई भैरहवा भन्सार कार्यालयको गस्ती टोलीले नियन्त्रणमा लियो । चोरी पैठारी गरी ल्याइएको करिब १० लाख बराबरको कपडासहित पिकअप बरामद भयो ।

मंगलबार बिहान रुपन्देहीको मायादेवी–६ हर्दीडाली सीमाबाट कपडाले भरिएको तीन वटा पिकअप गडी तस्करीको सामानसहित बरामद भयो । नेपाल आउन लागेको पिकअपसहितको कपडा भारतीय प्रहरीले सीमा क्षेत्रबाट बरामद गरेको हो । गाडीसहित तीन जना चालकलाई नियन्त्रणमा लिएर सामान भारतीय प्रहरीले भारतीय कस्टम पठायो ।

यस्तै, आइतबर बुटवलबाट भन्सारकै गस्ती टोलीले नौ लाख ७२ हजार तीन सय २० रुपैयाँ बराबरको कपडासहित पिकअप बरामद गर्यो । सीमा क्षेत्रबाटै नेपाल प्रहरी र सशस्त्र प्रहरीको चेकपोस्ट हुँदै बुटवल पुगेको ती कपडा लु२च९९९७ नम्बरको पिकअपमा भरिएको अवस्थामा एक गोदाम खाली गरिरहेको बखत बरामद भयो ।

यी तीन घटना एक साता भित्रैका हुन् । सशस्त्र प्रहरी र नेपाल प्रहरीले तस्करी शून्य छ भनिरहदा एक सातामा पाँच वटा पिकअपले भरिएका कपडा बरामद हुनु तस्करीमा मिलोमतो मौलाइरहेको पुष्टि भएको छ । यद्यपि, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि केही मात्रामा तस्करीको सामान बरामद गरेका छन् ।

रुपन्देहीमा नेपाल प्रहरीको प्रहरी निरीक्षक र प्रहरी नायब उपरीक्षकको कमाण्डमा १३ वटा इलाका प्रहरी कार्यालय, सई असईको कमाण्डमा ४६ वटा प्रहरी चौकी छन्। जिल्ला प्रहरी कार्यालय प्रहरी उपरीक्षकको कमाण्डमा ७८ वटा प्रहरी युनिटमा १२ सयभन्दा बढी प्रहरी छन् । ठाँउठाँउमा अस्थायी चेकपोस्ट र मोबाइल टोली पनि उत्तिकै मात्रामा छन् । तस्करी रोक्न र सूचना लिन जिल्लाले सादा पोशाकका प्रहरी पनि खटाएको छ । अन्य चौकी तथा इप्रकाले पनि आवश्यकताअनुसार सादा पोशाकका प्रहरी खटाएका छन् ।

यस्तै, सिमा सुरक्षा र तस्करी नियन्त्रणमा सशस्त्र प्रहरी बलको भूमिका पनि छ । भारतसँग ५९ दशमलव ७ किमी जोडिएको सीमानासहित समग्र जिल्लाको सुरक्षाका लागि सशस्त्र प्रहरी उपरीक्षकको कमाण्डमा सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर हेडक्वटार रुपन्देही छ । सीमाको सुरक्षा तथा अन्य गरी अहिले जिल्लामा १५ वटा सशस्त्र प्रहरी बलको युनिट छन् । एक वटा गण, ६ बोर्डर आउटपोष्ट र गुल्म, सुरक्षा बेस, जिल्ला कमाण्ड पोस्ट सुख्खा बन्दरगाह र आइसिपी क्याम्प नौडिहवा लगायतका सशस्त्र प्रहरीकै युनिट रहेको छ । यसका अलावा राष्ट्रिय अनुसन्धान, संघीय प्रहरी कार्यालय लगायतका अन्य सुरक्षा संयन्त्र पनि छन् ।

यतिका सुरक्षा संयन्त्र हुँदा पनि गाडीसहितको अवैध समान नसमातिनु, सीमाबाट भारतीय प्रहरी र भन्सारको गस्ती टोलीले समात्नु भनेकै प्रहरीमाथि शंका गर्न मिल्ने अवस्था हो ।

बिहीबार भन्सारको गस्ती टोलीले बरामद गरेको सामान बेथरी इलाका प्रहरी कार्यालय नजिकै हो । कार्यालयका इन्चार्ज सई प्रकाश शाही गृहमन्त्री बालकृष्ण खाणको खास मान्छे भन्दै तस्करहरूसँग साठगाँठ भए पनि भन्सारले छापा मारेको छ । बरामद सामान बेथरी प्रहरीको सहयोगमा बनगाईसम्म पुर्‍याएको चालकले बयान दिएका छन् । अहिले कार्यालयका इन्चार्ज रमेश गुरुङ छन् उनलाई भने यस घटनाबारे जानकारी नै नभएको बताए ।

सुरक्षा निकायले थोरै मात्रामा सामानहरु बरामद गरेर कार्यसम्पादन देखाए पनि ठूला तस्करलाई छुट छ । सादा पोशाकका प्रहरी (घुमुवा) प्रहरी अधिकारी कै नाम लिएर बार्गेनिङ गरे पनि ती अधिकारीले नखटाएको भन्ने गरेका छन् । तस्कर र प्रहरीबीचको तालमेल नमिल्दा पनि सामान बरामद भएका छन् भने समय समय सुरक्षा निकायका प्रमुखहरु सरुवा हुदा चेनेल व्रिगीएर पनि तस्करीका समान बरामद हुन्छ ।

कपडा मात्रै होइन पछिल्लो समय दैनिक उपभोग्य बस्तु, हार्डवेयर, खाद्यन्न, मेसिनरी तथा इलेक्ट्रीक सामानहरु दुर्गौलिया, कदमहवा, बगौली, हरिनगढ, बंशी डिहवा, करौता, ठोठरी, तरैनी, खैराघाट, कञ्चनपुर, दुईमोहना, बनगाई नाका त्यस्तै सेमरपानी, भुजौली, पिपरहिया, केवटिलया, शंकरपुर, मेउडिहवा, नौडिहवा, बगहा, मैनिहवा, फरेनिया लगायतका नाकाबाट उत्तिकै मात्रामा नेपाल भित्री रहेको छ ।

सीमा नाकाबाट भैरहवासम्म आउँदा सीमामै इलाका प्रहरी कार्यालय बेलहिया छ । त्यसपछि भैरहवा भन्सार कार्यालय मातहतमा भन्सार अगाडि नै करिब ६ देखि ८ जना सम्मको कार्यालय सहायक सँगसँगै नौ जना सशसत्र प्रहरीको सुरक्षा हुन्छ ।

अलि पर बाइपास नजिक इलाका प्रहरी कार्यालय बेलहियाको कमाण्डमा ३ देखि ४ जना नेपाल प्रहरी र ट्राफिक प्रहरी तम्तयार अवस्थामा रहन्छन् । यसबीच कहिले काही छड्के चेकजाँच पनि हुन्छ । बाइपासपछि फेरी डण्डा पुलनजिकै सशस्त्र प्रहरीको चेक पोस्ट छ, जुन २४ घण्टै तैनाथ हुन्छ । यसरी तहतहको सुरक्षाका बाबजुद पनि अन्य निकायले तस्करीका सामान समात्ने गरेका छन् ।

अहिले खुला सीमाको फाइदा उठाउँदै सीमा क्षेत्रमा तस्करी बढेपछि भन्सारले गस्तीलाई बढाएको भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी तीर्थराज पासवानले जानकारी दिए । चोरी तस्करी नियन्त्रण गर्न भन्सार कार्यालय कटिबद्ध छ, भारतबाट हुने अवैध चोरीतस्करीले राज्यले करोडौं राजस्व गुमाइरहेको सूचना अधिकारी पासवानले भने ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  १ : ४७ बजे

एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : प्रदेशमन्त्री श्रेष्ठ

हेटौँडा । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा

गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

मोरङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सात जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक किलो

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक (एडिबी)

कृषि मन्त्रालयका सहसचिव बर्खास्त

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा. कमलराज