१७ बैशाख २०८१, सोमबार | April 29, 2024

बुटवल जानकीनगरको कल सेन्टरमा प्रहरी छापा



बुटवल । रुपन्देहीको तिलोत्तमास्थित एक कल सेन्टरमा उद्देश्य विपरित काम गरेको आरोपमा प्रहरीले छापा मारेको छ ।

सूचना प्रवाह गर्ने र नागरिकलाई सहज सूचनाको पहुँच दिने उद्देश्यले खुलेको कल सेण्टरबाट भारतीय नागरिकलाई बिभिन्न प्रलोभनमा पारि ठगी गर्ने गरेको उजुरीका आधारमा प्रहरी छापा परेको प्रहरीले जनाएको छ ।

तिलाेत्तमा नगरपालिकाकाे वडा नं २ जानकीनगरमा ४ तल्लाकाे घरमा ३ वटा फ्ल्याट भाडामा लिई ३ सय जति कम्प्युटर राखी त्यसकै माध्यमबाट सर्वसाधारणलाई म्यासेज पठाई ट्र्यापमा पारेको प्रहरी अनुसन्धानबाट भेटिएपछि कल सेन्टरमा काम गर्ने १५० कर्मचारीलाई  नियन्त्रणमा लिईएकाे प्रहरीले जनाएको छ ।

चिनिया र भारतीय नागरिक समेतको लगानीमा खाेलीएकाे उक्त ठगी कार्यालयबाट  सर्वसाधारणको माेबाईलमा ह्वाट्सप र फेसबुकमा अश्लील  म्यासेज पठाउने तथा चिट्ठा पर्याे भन्दै ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाईएकाे ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठग बहादुर केसीले बताए । ‘कार्यालय सन्चालक भारतीय नगरीककाे घर काेठा खानतलासी हुँदै छ त्यसपछि थप खुल्नेछ,’ उनले भने।

१५० जना बढी महिला तथा पुरुष कर्मचारीलाई रोजगारी दिएर खुलेको सो कल सेन्टरमा अवैध काम हुने गरेको सूचनाका आधारमा छापा मारेको प्रहरीले पुष्टी गरेपनि अबैध कार्यको विषयमा प्रहरीले खुलाएको छैन । ‘हामी घटनास्थल मै छौ, अनुसन्धान हुँदैछ, त्यसपछि के हो ? त्यो भनौला ।’ रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीले भने ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  २ : ३० बजे

वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई लियाे नियन्त्रणमा

वीरगन्ज । वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई नियन्त्रणमा

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धनमा गङ्गाजमुना गाउँपालिका

धादिङ । धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृतिमार्फत आन्तरिक तथा

इलाम उपनिर्वाचन : कांग्रेसभन्दा एमाले २ हजार ६१८ मतले अगाडि

काठमाडौं । इलाम-२ उपनिर्वाचनमा नेकपा एमालेको अग्रता कायम छ ।

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घरमा आइतबार उच्च गतिको विद्युत्

डोटीमा एक पुरुषको शव फेला

डोटी । डोटीमा एक पुरुषको शव फेला परेको छ ।