११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

बुटवल जानकीनगरको कल सेन्टरमा प्रहरी छापा



बुटवल । रुपन्देहीको तिलोत्तमास्थित एक कल सेन्टरमा उद्देश्य विपरित काम गरेको आरोपमा प्रहरीले छापा मारेको छ ।

सूचना प्रवाह गर्ने र नागरिकलाई सहज सूचनाको पहुँच दिने उद्देश्यले खुलेको कल सेण्टरबाट भारतीय नागरिकलाई बिभिन्न प्रलोभनमा पारि ठगी गर्ने गरेको उजुरीका आधारमा प्रहरी छापा परेको प्रहरीले जनाएको छ ।

तिलाेत्तमा नगरपालिकाकाे वडा नं २ जानकीनगरमा ४ तल्लाकाे घरमा ३ वटा फ्ल्याट भाडामा लिई ३ सय जति कम्प्युटर राखी त्यसकै माध्यमबाट सर्वसाधारणलाई म्यासेज पठाई ट्र्यापमा पारेको प्रहरी अनुसन्धानबाट भेटिएपछि कल सेन्टरमा काम गर्ने १५० कर्मचारीलाई  नियन्त्रणमा लिईएकाे प्रहरीले जनाएको छ ।

चिनिया र भारतीय नागरिक समेतको लगानीमा खाेलीएकाे उक्त ठगी कार्यालयबाट  सर्वसाधारणको माेबाईलमा ह्वाट्सप र फेसबुकमा अश्लील  म्यासेज पठाउने तथा चिट्ठा पर्याे भन्दै ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाईएकाे ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठग बहादुर केसीले बताए । ‘कार्यालय सन्चालक भारतीय नगरीककाे घर काेठा खानतलासी हुँदै छ त्यसपछि थप खुल्नेछ,’ उनले भने।

१५० जना बढी महिला तथा पुरुष कर्मचारीलाई रोजगारी दिएर खुलेको सो कल सेन्टरमा अवैध काम हुने गरेको सूचनाका आधारमा छापा मारेको प्रहरीले पुष्टी गरेपनि अबैध कार्यको विषयमा प्रहरीले खुलाएको छैन । ‘हामी घटनास्थल मै छौ, अनुसन्धान हुँदैछ, त्यसपछि के हो ? त्यो भनौला ।’ रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीले भने ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  २ : ३० बजे

फेवातालमा राष्ट्रिय महिला तथा पुरुष डुङ्गा दौड हुँदै

कास्की । देशको पर्यटकीय राजधानी पोखराको प्रमुख पर्यटकीय आकर्षण फेवातालमा

असार दोस्रो साता एमाले केन्द्रीय कमिटी बैठक, पार्टी पुनर्गठनका लागि कार्यदल गठन

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक असार दोस्रो साता

हुम्ला र बाजुराका नागरिकलाई संयमता अपनाउन गृह मन्त्रालयको अनुरोध

काठमाडौँ । गृह मन्त्रालयले हुम्ला र बाजुरा जिल्लाका नागरिकलाई संयमता

‘इमान्दार कार्यकर्ता अपहेलित भए’ भन्दै उमाशंकर अरगरियाले छोडे एमाले

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व प्रतिनिधिसभा सदस्य प्रत्याशी

नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ : मुख्यमन्त्री पाण्डे

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्व राजनीतिमा देखिएको