२ जेष्ठ २०८१, बुधबार | May 15, 2024

कल सेन्टरको गोप्य रहश्यको पर्दाफास हुँदै, प्रहरीको साईबर ब्यूरो बुटवलमा



बुटवल । रुपन्देहीको तिलोत्तमा स्थित जानकिनगरमा प्रहरीले छापा हानेको घटनाले तीनवटा देशको संगठीत अपराधको जालो रहेको खुलासा भएको छ । भारतीयको लगानी, नेपालीको व्यवस्थापन र चाईनाको एप्स प्रयोग गरेर सर्वसाधारणलाई ट्यापमा पार्ने गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । रुपन्देही प्रहरीले आइतबार तिलोत्तमा नगरपालिका(२ जानकीनगरस्थित पहिले नेपथ्य कलेज रहेको ५ तल्ले घरमा छापा मारेर २१५ कर्मचारी सहित लाखौंको उपकरण बरामद गरेको थियो ।

कलसेन्टर संचालनका नाममा ब्लु स्काई सोलुसन नामको कम्पनी दर्ता गरेर संचालनमा रहेको सो स्थानमा शंकास्पद गतिविधि हुने गरेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । हरेकदिन कम उमेर किशोर किशोरीको ठूलो संख्यामा उपस्थित हुने, अस्लिल गाली गलौज गर्ने, शंकास्पद गतिबिधि गर्ने जस्ता सूचना पाएको प्रहरीले ५ जनाको सादा पोषाकको अनुसन्धान टोलि नै बनाएर अनुसन्धान शुरु गरेको थियो ।

प्रहरीले आफैले सूचनाका आधारमा अनुसन्धान शुरु गरेको बताएपनि भारतीय प्रहरी र सेन्ट्रल ब्युरो अफ इन्भेस्टिकेसन (सिबिआई)को दवावमा प्रहरीले छापा मारेको स्रोतहरुको दाबी छ । सीबीआईले प्रहरी प्रधान कार्यालय मार्फत छापा मार्नका लागि दवाव दिएको बताईएको छ । सोहि घटनाको अनुसन्धानका लागि सीबीआईको ९ जनाको टोलि समेत बुटवलमा पुगेको स्रोतको दाबी छ ।

बुटवल र यस आसपासबाट भारतीय नागरिकलाई सूचना प्रबिधिको माध्यम प्रयोग गरि ठगी भईरहेको भन्ने सूचना आए लगत्तै प्रहरीले गोप्य अनुसन्धान शुरु गरेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले बताए । अनुसन्धान टोलिले संकलन गरेको प्रमाणका आधारमा प्रहरीले छापा मार्दा एउटै भवनबाट २१५ जना कर्मचारी र ठूलो मात्रामा सूचना प्रबिधिका उपकरणहरु प्रहरीले फेला पारेको थियो । २०७८ फागुनमा कम्पनी रजिस्टारको कार्यालयमा दर्ता भएको ुब्लु स्काई सोलुसनुले कानुनी परामर्श दिने, प्रतिलिपि अधिकारबारे जानकारी दिनेलगायतका काम गर्ने कम्पनीको प्रबन्धपत्रमा उद्देश्य राखेर कार्यालय स्थापना गरेपनि प्रबन्धपत्रको उद्देश्य विपरित कम्पनीले बिभिन्न व्यक्तिहरुलाई फन्दामा पारेर असुल्ने काम गरिरहेको थियो । कार्यालयको पहिचान लुकाएर बोर्ड र सुरक्षा गार्ड नराखि कार्यालय संचालन गरिनु पनि त्यस संस्थामाथि शंका गर्ने आधार रहेको डीएसपी केसीले बताए ।

‘प्रबन्धपत्रमा उल्लेख गरिएको भन्दा फरक काम गरेको पुष्टी भईसकेको छ ।’ केसीले भने । प्रहरीका अनुसार कल सेन्टरबाट विभिन्न बैंकिङ एप्स मार्फत निशुल्क ऋण दिने प्रलोभनमा पारेर पीडा दिने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। उक्त कल सेन्टरमार्फत भारतीय नागरिकलाई पीडित बनाउने गरिएको प्रहरीले जनाएको छ ।

कल सेन्टरमा फरक फरक जिम्मेवारीमा काम गर्ने २५० कर्मचारीलाई एकले अर्कालाई थाहा नहुने गरि जिम्मेवारी दिईएको समेत प्रहरीले जनाएको छ । तीनवटा तलामा फरक फरक काम हुने गरि कर्मचारी र उपकरणको व्यवस्था गरिएको अवस्थामा प्रहरीले फेला पारेको थियो । पहिलो तलामा कम्पनीको सुबिधाहरु एप्सको मार्फतबाट प्रचारप्रशार गर्ने, दोस्रो तलाबाट ऋण लगानी गर्ने र तस्रो तलामा रहेकाहरुले एप्सको जालोमा परेकाहरुलाई धम्की दिने, ब्ल्याकमेलिङ गर्ने र असुल्ने गर्ने गरि व्यवस्थापन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

उपरोक्त काम गराउनका लागि कामदारका रुपमा रहेकाहरु १६ देखि २३ वर्ष उमेर समूहका छन्। अधिकांश एसइई र प्लस टु अध्ययन गर्ने र केही स्नातक तहका विद्यार्थी हुन् । संचालकहरुले बेरोजगारलाई मासिक १२ देखि ३० हजारसम्म तलब दिने गरी काममा लगाएको समेत पाईएको छ ।

प्रहरी नियन्त्रणमा परेका किशोर किशोरीहरुले भने आफुहरु निर्दोश भएको बताएका छन् । उनीहरुले आफुलाई रोजगारदाता संस्थाबाट रोजगारीका लागि पठाएको र कम्पनीले तोकेको काम मात्र आफुहरुले गरेको बताए ।

प्रहरीले कल सेन्टरमा काम गर्ने २ सय ४० जनालाई निगरानीमा राखेर हरेक दिन हाजिरी लगाउने गरि अनुसन्धान थालेको छ भने २ जनालाई मुख्य आरोपितका रुपमा ठगी मुद्दा चलाउने तयारी गरेको छ। प्रहरीले सोमबार ठगी कसुरमा मुख्य अभियुक्तका रुपमा भारत विहार प्रदेश गायविद्या पञ्चायत मचारी कमरा घर रहेका २५ वर्षीय जिसाद दबङ भन्ने निरञ्जन कुमार र दाङ घोराही उपमहानगरपालिका-१३ का ४० वर्षीय हिमाल बाठामगरलाई अदालतबाट २ दिनको म्याद थप गरी अनुसन्धान थालेको छ । पिडितहरु भारतमा रहेकाले पीडितको उजुरी भने नआएको प्रहरीले जनाएको छ । किटानी जाहेरी नपरेपनि प्रहरीले अनलाइनमामार्फत गरेका संवादलाई प्रमाण मानेर मुद्दा चलाउने तयारी गरेको छ ।

प्रहरीले तयार गरेको मुद्दामा बैंकिङ एप्स मार्फत ऋणको प्रलोभनमा पारेर सर्वसाधारणलाई पीडित बनाएको आरोप लगाएको छ। भारत र चिनियाँको लगानीमा सञ्चालन भएको आशंका गरिएको कल सेन्टरको मुख्य काम मोबाइल बैंक मार्फत ऋण प्रवाह गर्ने र त्यसबाट चर्को ब्याज असुल गर्ने रहेको देखिएको छ। कल सेन्टरको धन्दा नै मान्छे फकाउने, धम्क्याउने र ट्रयापमा पारेर पैसा असुल गर्ने रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

डिएसपी केसीका अनुसार कल सेन्टरले तीन तहका कर्मचारीमार्फत चर्को ब्याज लिने सम्झौता गराएर ऋण दिने गरेको पाइएको छ। प्रहरीले कार्यालयबाट कप्युटर मनिटर २ सय ५६ थान, सीपीयू २ सय ३६ थान, किबोर्ड २ सय ४५ थान, हेडफोन २ सय ९४ थान, माउस २ सय ३१ थान, ल्यापटप ६ थान, विभिन्न बैंकका चेक र नगद साढे चार लाख रुपैयाँ बरामद गरेको छ।

तिलोत्तमा २ जानकीनगर रुरुपथस्थित प्रेमराज गुरुङको घरमा गत चैत्र महिनादेखि कल सेन्टरले मासिक ३ लाख २५ हजार भाडा तिर्ने गरि भाडामा लिएको थियो। घरभाडा सम्झौतामा स्थानीय माओवादी नेता बेलप्रसाद शर्मा समेत साँछी बसेका छन् । घर भाडामा दिलाउने कार्यमा माओवादी र काँग्रेसका स्थानीय नेताहरुको मध्यस्तता रहेको स्रोतहरुको दाबी छ ।

कलसेन्टरबाट पहिलो चरणमा हवाट्सपबाट परिचय गर्ने, त्यसपछि नि(शुल्क ऋण लिन फकाउने त्यसपछि उनीहरुलाई धम्काउने र असुल्ने गरेको प्रहरी अनुसन्धानमा देखिएको छ। प्रहरीका अनुसार क्यास पकेट, देशी क्यास, एक्सप्रेस लोन, कोलो लोन, ग्यालोलोन जस्ता एप्स मार्फत ऋण दिने गरेको पाइएको छ। ती एप्सहरु चीनमा तयार गरिएको समेत प्रहरीले जनाएको छ ।

पहिलो चरणमा निशुल्क ऋण दिने भन्दै फकाउने, त्यसपछि सम्बन्धित व्यक्तिका बैंक खाता नम्बर, पान नम्बर, रासन कार्ड जस्ता डकुमेन्ट तान्ने, ऋण दिने बेलामा तीन जना आफन्तको नम्बर समेत माग गरेर ट्रयाप्पमा पार्ने त्यसपछि तेस्रो तलामा रहेका कर्मचारीबाट ऋण लिएकाहरुलाई धम्काउने, अस्लिल फोटो बनाएर तर्साउने जस्ता काम हुने गरेको प्रहरीले दाबी गरेको छ । कल सेन्टरले ३ देखि १६ हजारसम्म मात्रै ७ दिनको समय दिएर ऋण दिने र निश्चित अवधि अगावै तोकिएभन्दा बढी ब्याज उठाउने गरेको डीएसपी केसीले बताए ।

‘शुरुमा फकाउने, त्यसपछि ऋण लिनका लागि कागजपत्र माग गर्ने गरेको देखिएको छ। ऋण दिँदा ६० प्रतिशत मात्रै ऋण पठाएर ४० प्रतिशत कल सेन्टरले राख्ने तर सबै ऋण चुक्ता गर्नुपर्ने अन्यथा अर्को ऋण लिन फेरि पmकाउने, त्यसमा पनि फेरि ६० प्रतिशत मात्रै ऋण दिने भन्दै एकपछि अर्को ट्रयाप्पमा पारेर ठूलो रकम पुगेपछि धम्काउने काम शुरु गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

 

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ५ : २२ बजे

घनश्याम भुसाल देखाए एकीकृत समाजवादीका १२ चुनौती

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पार्टी केन्द्रीय

च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक

काठमाडौं । प्रमुख अन्तर्राष्ट्रिय बजारहरूमा नेपालका हिमाली च्याङ्ग्रा पस्मिना निर्यात

संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा

काठमाडौं । संसदमा देखिएको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरुले

एमाले संसदीय दलको बैठक नीति तथा कार्यक्रममा केन्द्रित

काठमाडौं । सरकारको नीति तथा कार्यक्रममा केन्द्रित भई आज सत्तारुढ