४ पुस २०८२, शुक्रबार | December 19, 2025

इशान बशन्तको ‘तिम्रो मायाँ नै’ सार्वजनिक



काठमाडौं । संगीत सर्जक इशान बशन्तको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । छोटो समयमै नेपाली संगीतका क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल इशानले ‘तिम्रो मायाँ नै’ बोलको गीतको म्युजिक भिडियो बजारमा ल्याएका हुन् ।

५ मिनेटको म्युजिक भिडियो आइतबार ओएसआर डिजिटलको यू–टुव च्यानलबाट सार्वजनिक गरिएको हो ।

बिनयराज पौडेलको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा स्वयं इशान बशन्त र मोडल कस्मिता भण्डारीको अभिनय हेर्न सकिन्छ । दिपेन बस्नेतको छायांकनमा तयार पारिएको म्युजिक भिडियोका प्रोड्युसर पञ्चमान महर्जन र को–प्रोड्युसर बिनिता तामाङ हुन् । श्यामकृष्ण महर्जन (शुसान्त घायल)को शव्दमा स्वयं इशानको स्वर र संगीत रहेको छ ।

ए लेभेल स्टुडियो पुतली सडकमा रेकर्ड गरिएको गीतको म्यूजिक एरेञ्जर सञ्जय हमाल, मिक्स/मास्टर गोबिन्द सोनी र रेकर्डिस्ट सुवास कुथुमे राई हुन् ।

संगीतका क्षेत्रमा समर्पित इशानका यसअघि दर्जनौं गीत बजारमा आइसकेको छ । ‘आफु त हजुर, फेरी पनि, तिम्रो आँखामा, गीत हुँ, बुद्धम शरणम गच्छामी लगायतका बोलको गीत उनका रुचाइएका गीत हुन् । हाल स्वयम्भुमा बसोबास गरिरहेका गायक इसान एक दशकदेखि औपचारिकरुपमा सांगीतिक क्षेत्रमा संघर्षरत छन् ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ६ : ४० बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज