२८ माघ २०८२, बुधबार | February 12, 2026

गले कर्णालीका मुख्यमन्त्री, माओवादीको माग सम्बोधन गर्न तयार



सुर्खेत । साउन ३ गतेदेखि अवरुद्ध कर्णाली प्रदेशको प्रदेशसभा आजदेखि सुचारु हुने भएको छ । प्रदेशसभाको सबैभन्दा ठूलो दल माओवादी केन्द्र र सरकारको नेतृत्व गरिरहेको कांग्रेसबीच देखिएको असहमति पटकपटकको छलफलपछि समाधान भएको छ ।

मुख्यमन्त्री जीवनबहादुर शाहीले असहयोग गरेको भन्दै माओवादीले सदनमा सहभागी नहुने बताएको थियो । आइतबार बसेको गठबन्धनका नेताबीचको छलफलमा माओवादीले उठाएका विषयमा सम्बोधन गर्न मुख्यमन्त्री शाही सहमत भएसँगै आजदेखि सदन सुचारु हुने बताएको छ । अहिले माओवादीको कर्णाली प्रदेशको संसदीय दलको बैठक बसिरहेको छ । हिजो भएको सहमति बारे आन्तरिक छलफल गर्न संसदीय दलको बैठक बसेको हो ।

माओवादी केन्द्र कर्णाली प्रदेशसभाका सचेतक कृष्ण शाहका अनुसार माओवादी केन्द्रको भागमा परेको अर्थ तथा प्राकृतिक स्रोत समितिको नेतृत्व घोषणा गर्ने, सहिद स्मृति भत्ता, घाइते अपाङ्गताका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरेको योजना छानबिन गरेर कार्यान्वयन गर्ने, शान्ति पुनपूर्णस्थापना, सिंजा सभ्यता संरक्षण, पर्वतीय विश्वविद्यालय, आमसञ्चार विधेयक लगायतका महत्वका विधेयकको कुरामा मिलाएर लाने र मिलेर आएका पारित गर्ने सहमति भएको छ।

आइतबार अबेरसम्म बसेको गठबन्धनको बैठकमा काँग्रेसका तर्फबाट मुख्यमन्त्री जीवनबहादुर शाही, नेकपा माओवादीका तर्फबाट पूर्व मुख्यमन्त्री एवं संसदीय दलका नेता महेन्द्रबहादुर शाही, पूर्वमन्त्री एवं प्रदेश अध्यक्ष विमला केसी, एकीकृत समाजवादीको तर्फबाट संसदीय दलका नेता एवं कृषि मन्त्री चन्द्रबहादुर शाही, एस प्रदेश अध्यक्ष अम्मर बहादुर थापा सहभागी थिए ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  १० : ११ बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीद्वारा निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

काँग्रेस उपसभापति शर्माले बुधबार रुपन्देहीका नेता कार्यकर्तालाई सम्बोधन गर्ने

बुटवल । आसन्न प्रतिनीधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेसका

बेनी-ढोरपाटन-रुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने प्रचण्डको प्रतिबद्धता

म्याग्दी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले

निर्वाचनलाई सुरक्षित तबरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले अन्य सुरक्षा निकाय र

लुम्बिनी प्रदेशमा एक वर्षमा चार हजार ४२८ भ्रष्टाचारसम्बन्धी उजुरी

लुम्बिनी । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ विभिन्न प्रकृतिका भ्रष्टाचारसम्बन्धी