७ आश्विन २०८३, बुधबार | September 23, 2026

मौद्रिक नीतिले आर्थिक गतिविधि घटाउँछ : चेम्बर



काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले नेपाल राष्ट्र बैंकद्वारा गतहप्ता जारी मौद्रिक नीतिले मुलुकको समग्र आर्थिक गतिविधि घटाउने जनाएको छ ।

चेम्बरले विज्ञप्ति जारी गरी कर्जा विस्तारको लक्ष्यसमेत घटाउँदा अर्थतन्त्र नै सङ्कुचनमा पर्ने बताएको हो ।

अनिवार्य नगद अनुुपात तीनबाट चारमा पु¥याइनु, वैधानिक तरलता अनुपातको सीमा वृद्धि हुनु एवं मुद्रा प्रदायको लक्ष्य १२ प्रतिशतमा घटाउनुले बजेटमा उल्लेखित आठ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य एवं मूल्यवृद्धि सात प्रतिशतमा नियन्त्रण गर्न कठिन हुने विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, “गत वर्ष १९ प्रतिशतको कर्जा विस्तारको लक्ष्य लिएकोमा त्यसलाई घटाएर चालु वर्षका लागि १२ प्रतिशतमा सीमित गर्न खोजिएको छ अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपात पनि बढाइएको छ । यसले आर्थिक गतिविधिलाई थप सङ्कुचित पार्नेछ”,

नगद प्रवाहलाई सङ्कुचन एवं कर्जा प्रवाहको लक्ष्यलाई सीमित गरेर ब्याजदर बढाउँदा बजेटले लिएको आठ प्रतिशतको लक्ष्य र मूल्यवृद्धि सात प्रतिशतमा सीमित गर्न कठिन हुने चेम्बरको भनाइ छ । अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रले आफ्नो गतिविधि बढाउनुपर्ने भए पनि मौद्रिक नीतिका कारण सङ्कुचन आउन सक्ने र यसले रोजगारीमा समेत असर गर्ने चेम्बरले बताएको छ ।

कोभिड महामारीमा दिएको सुविधा कटौती गरी अत्यावश्यक क्षेत्रलाई मात्र पुर्नकर्जा दिने व्यवस्थामा यसलाई नीतिगत लचकतासहित सुरक्षित अवतरण गर्नुपर्ने विज्ञप्तिमा माग गरिएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  १० : ४२ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज