२३ असार २०८३, मंगलबार | July 7, 2026

लुम्बिनी विश्वबिद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया शुरु, ३ जना प्राडाको आवेदन



बुटवल । लुम्बिनी प्रदेश सरकारको शिक्षा मन्त्रालयले लुम्बिनी प्रदेश विश्वबिद्यालयको उपकुलपति छनौट प्रक्रिया अगाडि बढाएको छ । गत असार ३१ गते उपकुलपतिका लागि आवेदन आह्वान गरेको सिफारिस समितिले आवेदकहरुबाट विश्वबिद्यालयको बिकास प्रस्ताव बुझ्दै नियुक्तिको प्रक्रिया अगाडि बढाएको हो ।

बाँकेको खजुरामा प्रस्ताव गरिएको विश्वबिद्यालयको उपकुलपतिकालागि ४ जनाको निबेदन परेपनि एकजनाको योग्यता नपुगेपछि तीनजनाले प्रतिस्पर्धा गरिरहेको मन्त्रालयको उच्च शिक्षा महाशाखाले जनाएको छ । आवेदकहरु प्राडा लक्ष्मण ज्ञवाली, प्राडा बिनोद ढकाल र प्राडा मोहन पन्थीले आज सिफारिस समिति समक्ष विश्वबिद्यालय बिकास प्रस्ताव प्रस्तुत गरेका छन् ।

आवेदकबाट प्रस्तुत भएको प्रस्ताव योजनाका आधारमा सिफारिस समितिले प्रदेश सरकारको मन्त्रिपरिषदलाई नियुक्तिका लागि सिफारिस गर्ने मन्त्रालयका प्रवक्ता यमबहादुर केसीले जानकारी दिए ।

विश्वबिद्ययालय ऐन अनुसार मुख्यमन्त्री कुलपति रहने विश्वबिद्यालयमा शिक्षा मन्त्री संयोजक, शिक्षा सचिव र कुलपतिले तोकेको एकजना सदस्य रहने गरि सिफारिस समिति रहने व्यवस्था छ ।

प्रदेश सरकारले अघिल्लो आवमा नै विश्वबिद्यालय स्थापना र संचालनका लागि बजेट बिनियोजन गरेपनि कार्यबिधि र ऐन बन्न नसक्दा बजेट फ्रिज भएको थियो । विश्वबिद्यालयका लागि बाँकेको खजुरा गाँउपालिकाले ११० बिगाहा जग्गा छुट्याएर हक हस्तान्तरणका लागि सिफारिस गरिसकेको छ । बाँके जिल्ला समन्वय समिति बाँकेले समेत गाँउपालिकाले गरेको सिफारिसलाई सदर गर्दै विश्वबिद्यालयको नाममा हस्तान्तरण गर्न संघीय सरकारलाई सिफारिस गरिसकेको खजुरा गाँउपालिकाका अध्यक्ष डम्बर बिकले बताए ।

खजुरा गाँउपालिकाबाट फायल आएपनि त्यसको प्रक्रिया अगाडि नबढेको प्रदेश शिक्षा मन्त्रालय उच्च शिक्षा महाशाखा प्रमुख टिकाराम अर्यालले बताए । जग्गा प्राप्तीको प्रक्रिया बुझेर सो फायल अगाडि बढाईने उनले जनाए ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ५ : ४७ बजे

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुप (BEG) अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज

गर्मी छल्न गाईखुरे झरनामा पर्यटकको भीड

लमजुङ । गर्मी छल्न र प्राकृतिक सौन्दर्यमा रमाउन चाहने आन्तरिक

प्राङ्गारिक उत्पादनलाई बजारीकरण गर्न बिक्री कक्ष

चितवन । चितवनमा उत्पादित प्राङ्गारिक कृषिजन्य उत्पादनको बजारीकरणका लागि बिक्री

एडिबीको सहयोग सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर पुग्ने

काठमाडौं । नेपालको सबैभन्दा ठूलो बहुपक्षीय विकास साझेदारका रूपमा रहेको