२० मंसिर २०८२, शनिबार | December 6, 2025

रुपातालमाथिको झोलुङ्गे पुल पर्यटकका लागि नयाँ गन्तव्य



पोखरा । पोखराको प्रमुख ताल रुपामाथि झोलुङ्गे पुल निर्माण गरिएको छ । पर्यटकीय आकर्षणका लागि तालमाथि पुल बनाइएको हो ।

२ सय ६९ मिटर लामो पुल तालमाथि बनेपछि पर्यटकको आकर्षण तालमा परेको छ । पोखरा महानगरपालिका वडा नम्बर ३१ र रुपा गाउँपालिका वडा नम्बर ६ जोड्ने गरी पुल निर्माण गरिएको हो ।

पुलको उद्घाटन नहुँदै पर्यटकहरू घुम्न जाने क्रम बढेको पोखरा ३१ का अध्यक्ष ढकनाथ कँडेलले जानकारी दिए । भंगारा पचभैया ट्रेल ब्रिज नामाङ्करण गरिएको उक्त पुल गण्डकी प्रदेश सरकारको १ करोड ३६ लाख ९६ हजार लागतमा बनेको हो । ‘तालमाथि झोलुङ्गे पुल यो नै पहिलो होला । अहिले दिनदिनै फोटो खिच्न आउनेहरूको हुल लाग्छ,’ उनले भने, ‘सम्भावना भएर पनि पछाडि परेको रुपा क्षेत्र यही पुलका कारण चहलपहल बढ्ने विश्वास छ ।’

४ वर्षअघि निर्माण सम्झौता भएको पुल कोरोना संक्रमणका कारण रोकिएको थियो । पुल ३ वर्ष ढिलो गरी निर्माण भएको पूर्वाधार विकास कार्यालय कास्कीका इन्जिनियर हरि थापाले जानकारी दिए । २०७६ साल जेठ २१ गते एक वर्ष भित्र निर्माण सक्ने गरी सम्झौता भएको थियो ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ८ : २३ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले