७ पुस २०८२, सोमबार | December 23, 2025

रत्न राजमार्गमा बसमाथि ढुङ्गा खस्दा किशोरीको मृत्यु



सुर्खेत । काठमाडौंबाट सुर्खेततर्फ आउँदै गरेको बसमा ढुङ्गा खस्दा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा दैलेखको भगवतीमाई गाउँपालिका–१ की १७ वर्षीया पार्वती शाही रहेकी छन् । उनको उपचारको क्रममा कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको हो ।

रत्न राजमार्ग अन्तर्गत भेरीगंगा नगरपालिकाको पैँसट्ठी भन्ने स्थानमा सडकमाथिबाट ना७ख ५८११ नम्बरको रात्रिकालीन बसमा ढुङ्गा खसेको थियो । ढुङ्गा लागेर सवारी चालक पछाडिको सिटमा बसेका दुई जना घाइते भएका थिए ।

मृतक शाहीसँगै घाइते भएकी वीरेन्द्रनगर–६ की ४५ वर्षीया राजकुमारी सुनारको भने उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ६ : ३० बजे

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको

बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

हिसान जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

बुटवल । प्रथम हिसान जिल्लास्तरिय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

एमसीसी परियोजनाबाट सडक पूर्वाधारका दुईवटा योजनासम्बन्धी सम्झौता

काठमाडौं । एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत