१५ असार २०८३, सोमबार | June 29, 2026

साफ यू-२० : बंगलादेशसँग घरेलु टोली भारत स्तब्ध



काठमाडौं । साफ यू-२० साफ च्याम्पियनसिप अन्तर्गत प्रतियोगितामा तेस्रो खेलमा बंगलादेशले लगातार दोस्रो जित निकाल्ने क्रममा घरेलु टोली भारतलाई २-१ अन्तरले स्तब्ध बनाएको छ ।

बुधबार भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा भारतले बल पकड राम्रो बनाएपनि फिनिसिङमा चुक्दा घरेलु मैदानमा पहिलो खेलमै पराजित हुन पुग्यो ।

खेलमा तीनै गोल पहिलो हाफमा सम्भव भएका थिए । खेलको २९ औं मिनेटमा बंगलादेशका मोहम्मद नोभाले गोल गर्दै अग्रता दिलाए । उनले भारतीय डिफेन्डरको गल्तीको फाइदा उठाउँदै बक्स भित्रबाट सहज गोल गरे । तर, ३५ औं मिनेटमा भारतका गुर्किरात सिंहले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । उनले बक्स भित्रबाट हेड गोल गरे ।

पहिलो हाफको इन्जुरी समयमा नोभाले पेनाल्टीमा ब्यक्तिगत दोस्रो गोल गर्दै बंगलादेशलाई २-१ को जित दिलाए । भारतका डिफेन्डरले बंगलोदशका खेलाडीलाई बक्स भित्र फाउल गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

यस अघि बंगलादेशले पहिलो खेलमा श्रीलंकालाई १-० ले हराएको थियो । दोस्रो जितसँगै ६ अंक जोडेको बंगलादेश तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । साविक विजेता भारतको भने कुनै अंक छैन ।

बुधबारै हुने दोस्रो खेलमा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार राति सवा ७ बजे सुरु हुनेछ ।

नेपालले पहिलो खेलमा माल्दिभ्सलाई ४-० को नतिजामा हराउँदै प्रतियोगितामा सुखद सुरुआत गरिसकेको छ । नेपाल समेत लगातार दोस्रो जित निकाल्ने दाउमा छ ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ६ : ३१ बजे

असार १५ : जुजु धौको माग उच्च

भक्तपुर । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

राष्ट्रिय धान दिवस : ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत रोपियो धान

पाटन । ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत धान रोप्दै

राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन

काठमाडौं । राष्ट्रियसभाको आजको बैठक आधा घण्टाका स्थगित गरिएको छ

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

झापा । असारको मध्य महिना किसानका लागि वर्षभरि खाने अन्नबाली

आज असार १५ : राष्ट्रिय धान दिवस, दही-चिउरा खाएर मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान