३१ भदौ २०८३, बुधबार | September 16, 2026

महिला युरो: फ्रान्सलाई हराउँदै जर्मनी फाइनलमा



काठमाडौं । प्रतिस्पर्धात्मक खेलमा फ्रान्सलाई २-१ अन्तरले पराजित गर्दै जर्मनी महिला युरो च्याम्पियनसीप २०२२ को फाइनलमा प्रवेश गरेको छ ।

अब, जर्मनीले उपाधिका लागि घरेलु टोली इंग्ल्यान्डको सामना गर्नेछ । अघिल्लो रात इंग्ल्यान्डले स्विडेनलाई पराजित गर्दै फाइनल पुगिसकेको छ ।

बुधबार राति पहिलो हाफ १-१ स्थितिमा सकिदा दोस्रो हाफमा जर्मनीले विजयी गोल गरेको थियो ।

एलेक्जान्ड्रा पोपले खेलको ४० औं मिनेटमा गोल गर्दै जर्मनीलाई अग्रता दिलाइन । पहिलो हाफ सकिन एक मिनेट अघि जर्मनीकै मेर्ली फ्रोहमसले आत्माघाती गोल गर्दा फ्रान्स १-१ को अवस्थामा आइपुग्यो । ७६ औं मिनेटमा पोपले दोस्रो गोल गर्दै जर्मनीको जित सुनिस्चित गरिन ।

फाइनल खेल वेल्बली रंगशालामा आइतबार राति हुनेछ । जर्मनीले आठ पटक युरो जितेको छ भने इंग्ल्यान्ड पहिलो उपाधिको संघारमा छ ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहिबार  ७ : ०३ बजे

तीन महिनादेखि उडान नहुँदा सुनसान रेसुङ्गा विमानस्थल

गुल्मी । जिल्लाको एकमात्र रेसुङ्गा विमानस्थलबाट गएको तीन महिनामा कुनै

बुटवलमा भोलीदेखि ‘ब्यूटी क्यासल’ सञ्चालन, सौन्दर्य सेवासँगै व्यावसायिक तालिम पनि

बुटवल । सौन्दर्यसम्बन्धी विभिन्न सेवा प्रदान गर्ने उद्देश्यसहित बुटवल-८, सुख्खानगरमा

डिजेल अनियमितता प्रकरणमा तीन ट्याङ्कर निलम्बित, चालक-सहचालकलाई प्रवेश निषेध

भैरहवा । पेट्रोलियम पदार्थ ढुवानीका क्रममा ट्याङ्करमा जडित सुरक्षा प्रणालीमा

सर्वदलीय बैठक : संसद भित्र र बाहिर छुट्टाछुट्टै उच्चस्तरीय सर्वदलीय संयन्त्र बनाउने निर्णय

काठमाडौं । सर्वदलीय बैठकले उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन