३१ भदौ २०८३, बुधबार | September 16, 2026

महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको छात्राबास भवनलाई पूर्णता दिन नगर प्रमुखले गरे भारत सरकारसँग आग्रह



नेपालगन्ज । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज अलपत्र अवस्थामा रहेको छात्राबास र डिग्री भवनलाई पूर्णता दिने विषयमा नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्टले सक्रियता देखाएपछि सो सम्बन्धमा भारतीय राजदुताबासले चासो देखाएको छ ।

नगर प्रमुख विष्टकै पहलमा भारतीय राजदुतावासका शाखा अधिकृत चन्द्रप्रकाश नेतृत्वको टोलीले बिहिवार अलपत्र अवस्थामा रहेको छात्राबास र क्याम्पसका जीर्ण भवनको स्थलगत अनूगमन गरि जानकारी लिएको छ ।

दूताबासका शाखा अधिकृत चन्द्र प्रकाशले डिग्री भवन निर्माणमा दूताबासको आर्थिक सहयोग भएपनि भवन निर्माण कार्य अलपत्र परेकोमा भारत सरकार दुखित भएको बताए ।

निर्माण ब्यवसायीको कमजोरीका कारण डिग्री भवन र छात्राबास भवन अलपत्र भएको भन्दै उनले छात्राबासको पूर्णताका लागि पुनः लागत स्टिमेट तयार गरि दुताबासको सम्पर्कमा आउनु आग्रह गरे ।

प्रकाशसँगै अनुगमनमा पुगेका नगर प्रमुख विष्टले अधुरो रहेको डिग्री भवन उपमहानगरपालिकाको आर्थिक सहयोगमा पूर्णता दिइएको जानकारी दिए । छात्राबासँगै क्याम्पसका बर्षौ पुराना भवन निर्माणमा सहयोग गर्न नगर प्रमुख विष्टले भारतीय दुताबासलाई आग्रह गरे ।

क्याम्पसका प्रमुख लालमणी आचार्यले क्याम्पसमा रहेका जीर्ण भवन निर्माण तथा छात्राबासलाई पूर्णता दिनका लागि नेपालगन्ज उपमहानगरपालिका र भारतीय दूताबास समक्ष माग गरिएको जानकारी दिए ।

नगर प्रमुख विष्ट क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनीयनको उपसभापति रहेको अवस्थामा भारतीय दुताबास समक्ष छात्राबास र डिग्री भवन निर्माणका लागि प्रस्तावना माग गरिएको थियो ।

नगर प्रमुख विष्टले आफुले उच्च शिक्षा अध्ययन गरेको र राजनीतिको सुरुवात गरेको क्याम्पस भएका कारण मब क्याम्पसको भौतिक र शैक्षिक सुधारका लागि सक्दो प्रयत्न गर्ने प्रतिवद्धता पनि ब्यक्त गरे ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहिबार  ४ : ४६ बजे

सर्वदलीय बैठक : संसद भित्र र बाहिर छुट्टाछुट्टै उच्चस्तरीय सर्वदलीय संयन्त्र बनाउने निर्णय

काठमाडौं । सर्वदलीय बैठकले उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन

सार्वजनिक यात्रुवाहक सवारीसाधनको दर्ता खुला

काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक यात्रुवाहक सवारीसाधनको निश्चित सीमा

लुम्बिनीका नवनियुक्त प्रमुख सचिव कुँवरले सम्हाले जिम्मेवारी

दाङ । लुम्बिनी प्रदेशमा पदस्थापन हुनुभएका प्रमुख सचिव विनोदबहादुर कुँवरले

निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले रु ६०