३१ भदौ २०८३, बुधबार | September 16, 2026

एक खर्ब १३ अर्ब बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयात, प्रशोधन गरी ९३ अर्बको निर्यात



काठमाडौं । नेपालले गत आर्थिक वर्ष २०७८/७९ मा १ खर्ब १३ अर्ब ६२ करोड २४ लाख ५५ हजार रुपैयाँको कच्चा भटमास, पाम, नरिवल र सनफ्लावर तेल आयात गरेको पाइएको छ ।

भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालले उक्त मूल्य बराबरको तेल आयात गरेको हो ।

सो अवधिमा नेपाललमा विभिन्न देशबाट ७१ करोड ८२ लाख ४३ हजार ८७७ लिटर कच्चा भटमास, पाम, नरिवल र सनफ्लावर तेल भित्रिएको विभागले जनाएको छ ।

विभागको तथ्याङ्क अनुसार पछिल्लो एक वर्षमा ५६ अर्ब १८ करोड ३६ लाख ५५ हजार रुपैयाँको ३३ करोड २९ लाख ८३ हजार ५४६ लिटर कच्चा भटमास तेल नेपाल भित्रिएको छ ।

सोही अवधिमा ३९ अर्ब ३१ करोड ६ लाख ६६ हजार रुपैयाँको २७ करोड ६६ लाख २२ हजार १४१ लिटर कच्चा पाम तेल, १८ अर्ब १० करोड ७६ लाख ३४ हजार रुपैयाँको १० करोड ८५ लाख ३५ हजार ४०९ लिटर कच्चा सनफ्लावर तेल र २ करोड ५ लाखको १ लाख २ हजार ७८१ केजी कच्चा नरिवल तेल नेपालले आयात गरेको छ ।

आर्थिक वर्ष २०७८र७९ मा नै नेपालले प्रशोधन गरीएको ९३ अर्ब ७० करोड ८५ लाख ९० हजार रुपैयाँको भटमास, पाम र सनफ्लावर तेल भारतमा निर्यात गरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७र७८ मा नेपालले विभिन्न देशबाट ७६ अर्ब ८७ करोड १४ लाख ४२ हजार रुपैयाँको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयात गरेको थियो । सो वर्ष नेपालले विभिन्न देशबाट ल्याएको कच्चा भटमास, पाम र सनफ्लावर तेल प्रशोधन गरी भारतमा ५५ अर्ब ९० करोड ३८ लाख १५ हजार रुपैयाँको निर्यात गरेको थियो ।

 

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  १२ : १० बजे

संविधान संशोधन गर्न दुवै सदनको दुई तिहाई बहुमत हुनैपर्ने

काठमाडौं । सर्वोच्च अदालतले संविधान संशोधन गर्न दुवै सदनमा दुई

तीन महिनादेखि उडान नहुँदा सुनसान रेसुङ्गा विमानस्थल

गुल्मी । जिल्लाको एकमात्र रेसुङ्गा विमानस्थलबाट गएको तीन महिनामा कुनै

बुटवलमा भोलीदेखि ‘ब्यूटी क्यासल’ सञ्चालन, सौन्दर्य सेवासँगै व्यावसायिक तालिम पनि

बुटवल । सौन्दर्यसम्बन्धी विभिन्न सेवा प्रदान गर्ने उद्देश्यसहित बुटवल-८, सुख्खानगरमा

डिजेल अनियमितता प्रकरणमा तीन ट्याङ्कर निलम्बित, चालक-सहचालकलाई प्रवेश निषेध

भैरहवा । पेट्रोलियम पदार्थ ढुवानीका क्रममा ट्याङ्करमा जडित सुरक्षा प्रणालीमा

सर्वदलीय बैठक : संसद भित्र र बाहिर छुट्टाछुट्टै उच्चस्तरीय सर्वदलीय संयन्त्र बनाउने निर्णय

काठमाडौं । सर्वदलीय बैठकले उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय