१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

संसदीय छानबिन समितिले बुझायो सभामुखलाई प्रतिवेदन



काठमाडौं । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको छ ।

बिहीबार प्रतिवेदन लेखन पुरा गरेको समितिले शुक्रबार दिउँसो ३ बजे सभामुख सापकोटालाई प्रतिवेदन बुझाएको हो ।

गत जेठ १४ गते राति बजेट घोषणाको अघिल्लो रात अर्थमन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गराएको आरोप लागेपछि असार २२ गते सभामुख सापकोटाले संसदीय छानबिन समिति गठन गरेका थिए । तर, समितिले पूर्वमन्त्री शर्मा संलग्न भएको भनिएको आरोपलाई पुष्टि गर्नसक्ने कुनै पनि प्रमाण फेला पार्न सकेन । समितिले शर्मालाई सफाई दिनेगरी प्रतिवेदन बनाएको छ ।

प्रमाणहरु संकलन र अध्ययनमा सँगै लागेका समितिका सदस्यहरुबीच प्रतिवेदन लेखनमा भने असहमति देखिएको छ । सत्तापक्षका समिति सदस्यहरुले प्रमाणको अभावमा शर्मालाई आरोपित गर्न नसकिने निस्कर्ष निकालेका छन् भने एमालेका सदस्यहरुले अर्थमन्त्रालय असहयोगी बनेको जिकिर गरेका छन् ।

समितिले बजेट निर्माणको गोप्य कक्षकै सुरक्षाका विषयमा सुझाव दिएको छ ।

‘बजेट निर्माणको गोप्य कक्षमा काम गर्ने कर्मचारीहरूले उक्त कक्षभित्र ल्याण्डलाइन फोन र मोबाइल प्रयोग गर्न नपाउने व्यवस्था भएकोमा सूचना आदानप्रदानका अन्य माध्यमहरू (सामाजिक सञ्जाल, भाइवर, म्यासेन्जर, ह्वाट्सएप) लाई पनि प्रयोग गर्न नपाउने गरी समयानुकूल परिमार्जन गर्नुपर्ने छ,’ सुझव खण्ठमा भनिएको छ ।

 

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ३ : ४२ बजे

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१