१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

संसदीय छानबिन समितिको निष्कर्ष : सिंहदरवार परिसरको समग्र सुरक्षा प्रणाली व्यवस्थित गर्नुपर्छ



काठमाडौं । करको दर हेरफेर गर्न अनधिकृत व्यक्तिको प्रवेश भएको भनी उठेको विषयमाथि छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार परिसरको समग्र सुरक्षा प्रणाली व्यवस्थित गर्नुपर्ने निष्कर्ष निकालेको छ । यसैमा जोडिएर, सिंहदरबार परिसरको समग्र सुरक्षा प्रणाली व्यवस्थित गर्नका लागि छुट्टै अध्ययन गर्न पनि सुझाव दिइएको छ ।

‘सिंहदरवार परिसरभित्र प्रवेश गर्ने र बाहिर निस्किने व्यक्तिको व्यवस्थित अभिलेख राख्ने पद्धतिको विकास गर्न, सबै निकायमा सीसीटीभी प्रणाली व्यवस्थित गर्न र सिंहदरवार परिसरको समग्र सुरक्षा प्रणालीलाई व्यवस्थित गर्न छुट्टै अध्ययन गर्नुपर्ने देखिन्छ’ सुझाव तथा निष्कर्ष खण्डमा उल्लेख छ ।
आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणका क्रममा गत १४ जेठमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले दुईजना अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको भन्ने विषयमाथि छानबिन गर्न २२ असारमा ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन गरिएको थियो । समितिले शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकसमक्ष पेस गरेको छ ।

समितिलाई सुरुमा १० दिनको समयावधिदिइएको थियो । समय अपूग भएको भनि ५ साउनमा सात दिन समय थप भएको थियो । १७ दिनको कार्यावधिमा २३ वटा बैठक बसी ७५ घण्टा समय व्यतित् गरेको भन्दै कर्णले सीसीटीभीको फुटेज र फुटेजमाथि फरेन्सिक विज्ञहरुलाई बोलाएर छलफल गरेर प्रतिवेदन तयार गरेको जानकारी दिए ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ३ : ५७ बजे

गुजरातमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले गुजरात

उपनिर्वाचन : आजबाट प्रचारप्रसार गर्न नपाइने

काठमाडौं । बैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

खोटाङ । खोटाङमा सामुदायिक वनमा लागेको डढेलो निभाउनेक्रममा जलेर एक

प्राइम बैंक तथा सुनगाभा रिसोर्ट र लुम्बिनी आई केयरबीच छुट सम्झौता

भैरहवा । प्राइम कमर्सियल बैंक लिमिटेड र रुपन्देहीको तिलोत्तमा नगरपालिका-७