६ श्रावण २०८३, बुधबार | July 23, 2026

साढे दुई करोड बिमा रकम ठगी गर्न श्रीमानको हत्या, ६ जना पक्राउ



नेपालगन्ज । सावधिक जीवन बिमा र म्यादी जीवन बिमा बापतको साढे दुई करोड रुपैयाँ ठगी सम्बन्धी कसूरमा संलग्न रहेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका–२ बस्ने २१ वर्षीया सपना मल्ल, स्याङ्जा वालिङ नगरपालिका–६ स्थायी ठेगाना भई हाल बाँके कोहलपुर नगरपालिका–११ बस्ने ३१ वर्षीय सञ्जिव अर्याल, कोहलपुर नगरपालिका–१५ बस्ने ३२ वर्षीय सरदार अहमद खाँ, बाँके बैजनाथ गाउँपालिका–८ का ३३ वर्षीय टोप बहादुर राना क्षेत्री, कोहलपुर नगरपालिका–११ का ३८ वर्षीय दिपक केसी र कोहलपुर नगरपालिका–१ का २१ वर्षीया ललिता सापकोटा रहेका छन् ।

सवारी दुर्घटनामा मृत्यु भएका बाँके कोहलपुर नगरपालिका–११ बस्ने २१ वर्षीय सर्जन बिकको नाममा गरिएको बिमा रकम ठगीको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

बैजनाथ गाउँपालिका–६ लालपुरस्थित भित्री सडकमा टोप बहादुरले चलाएको भे।१ ख २४९१ नम्बरको मिनी बसको ठक्करबाट सर्जन गम्भीर घाइते भएका थिए । सर्जन चढेको भे.१० प १७२७ नम्बरको मोटरसाइकललाई मिनी बसले ठक्कर दिएको थियो । सर्जनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा गत वैशाख २ गते मृत्यु भएको थियो ।

घटनाको अनुसन्धान हुँदा मृतकको बीमा बापतको रकम रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीबाट मृतककी श्रीमती सपना मल्लले बुझि कामना सेवा बिकास बैंक कोहलपुरमा रहेको आफ्नो बैंक खातामा जम्मा गरेको पाइएको थियो । उक्त रकम बाडफाड समेत गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

सर्जन विकको सवारी दुर्घटनामा भएको मृत्यु शंकास्पद देखिएकोले सत्यतथ्य अनुसन्धान गरिपाउँ भन्ने नेपाल पुर्नबिमा कम्पनीबाट पत्राचार भएपछि सुक्ष्म अनुसन्धानको क्रममा विभिन्न भूमिका सहित उनीहरू ठगीमा संलग्न भएको खुल्न आएको थियो ।

केन्द्रीय अनुसन्धान व्यूरो महाराजगन्जबाट खटिएको प्रहरीले सपनालाई दिल्ली हुँदै जापान जाने क्रममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सोमबार तथा सन्जीव, सरदार अहमद, टोप बहादुर, दिपक र ललितालाई बाँके कोहलपुरबाट बुधबार पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ६ : २५ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क