१४ चैत्र २०८२, शनिबार | March 28, 2026

रुपन्देहीबाट एसईईमा पाँच जनाले ल्याए ४ जिपिए



भैरहवा । माद्यामीक शिक्षा परीक्षाका रूपमा लिएको एसईई परीक्षामा रुपन्देहीबाट पाँच जनाले जिपिए चार ल्याएका छन् । जिल्ला शिक्षा इकाई रुपन्देहीका अनुसार सामुदायिक विद्यालयबाट एक जना र संस्थागत विद्यालयबाट चार जना विद्यार्थीले जिपिए ४ ल्याएका हुन् ।

सामुदायिक विद्यालयतर्फ कालिका मानव ज्ञान माविका विवेक न्यौपानेले जिपिए ४ ल्याएका छन् । संस्थागततर्फ न्यू होराइजनका स्प्रिया ढकाल र विमर्श ज्ञवालीले जिपिए ४ ल्याएका छन् । त्यस्तै, अक्सफोर्ड माविका विलक्षण भुसाल र दीपेश भुसालले पनि जिपिए ४ ल्याएका छन् ।

गत वैशाख ८ गतेदेखि सञ्चालन गरिएको एसईई परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको थियो । रुपन्देहीबाट १७ हजार ६ सय ९२ विद्यार्थी सम्मिलित भएकोमा सबैको नतिजा सार्वजनिक भएको छ । जिल्ला विभिन्न ३ सय ३५ विद्यालयबाट प्राविधिकतर्फबाट ४ सय २२ र ग्रेडवृद्धितर्फ १७२ जना विद्यार्थी सहभागी रहेका थिए ।

प्रकाशित नतिजा अनुसार ९ वटा वर्गमा विद्यार्थीहरूको नतिजालाई प्राप्ताङ्क आधारमा छुट्ट्याइएको छ । जिल्लाका ५ जनाले ४ जिपिए ल्याएका छन् भने ३५० जनाले ए प्लस ग्रेड ल्याएका छन् । त्यस्तै ए ग्रेडका विद्यार्थी १ हजार ४ सय ९६ जना, बी प्लसका ३ हजार ८४, बी ग्रेडका ३ हजार ६ सय १० , सी प्लसका ३ हजार ५ सय ५४, सी ग्रेडका ३ हजार ४ सय ३७, डी प्लस १ हजार ६ सय ७५ र डी ग्रेड ल्याउने ८७ जना विद्यार्थी रहेको शिक्षा विकास तथा समन्वय इकाई कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ६ : ३४ बजे

गृहमन्त्रीले गरे नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखसँग डेढघण्टा लामो ‘गोप्य’ छलफल

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो निर्णयकारुपमा भाद्र २३

मौसम बदली : सात मापन केन्द्रमा भारी वर्षा

काठमाडौँ । देशका धेरै ठाउँमा आज भारी वर्षा भएको छ

पोखरा महानगरले गरिब घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने

पोखरा । क्षेत्रफलका हिसाबले देशकै ठूलो पोखरा महानगरपालिकाले महानगरभित्रका अति

नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री

काठमाडौँ । विशेष राजनीतिक परिस्थितिका कारण यस वर्ष मुलुकमा तीन