१३ बैशाख २०८३, आइतबार | April 26, 2026

तनहुँमा थपिए पाँच सय ७९ उद्योग



तनहुँ । तनहुँमा एक वर्षमा पाँच सय ७९ उद्योग थपिएका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा आर्थिक वर्ष २०७८÷७९ मा ती उद्योग दर्ता भएका हुन् ।

यस अवधिमा उत्पादनमूलक ४७, कृषि तथा वन पैदावरमा आधारित तीन सय २०, खनिजतर्फ एक, पर्यटनतर्फ एक, सेवातर्फ एक सय तीन र पूर्वाधारतर्फ तीन उद्योग थपिएको कार्यालय प्रमुख नारायण ढकालले जानकारी दिए । थपिएका उद्योगमध्ये घरेलुतर्फ ३३ र साना उद्योगतर्फ पाँच सय ४६ छन् ।

कृषि र पशुपालनमा युवाको आकर्षण बढेसँगै कृषिसम्बन्धी उद्योग दर्ता वृद्धि भएको ढकालले बताए । “वैदेशिक रोजगारीबाट फर्किएका युवा पशुपालनतर्फ आकर्षित भएका छन्,” उनले भने । कृषि तथा वनजन्यतर्फ दुग्ध डेरी, गाईपालन, बाख्रापालन, कुखुरापालन, मौरीपालन, माछापालन र तरकारी खेतीतर्फ आकर्षण बढ्दो छ ।

तनहुँमा थपिएका उद्योगको कूल पुँजी रु ६३ करोड ५२ लाख रहेको कार्यालयले जनाएको छ । ती उद्योगको वार्षिक उत्पादन क्षमता रु एक अर्ब ७१ करोड ८७ लाख ५० हजारको छ । थपिएका उद्योगमा पाँच सय ३४ महिला र पाँच सय एक पुरुष गरी एक हजार ३५ जनाले रोजगारी पाएका छन् । उद्योगमा आठ सय नौ उद्यमी छन् । उद्योग दर्ता बापत रु २४ लाख तीन हजार राजस्व सङ्कलन भएको छ ।

सोही अवधिमा तीन सय ९६ उद्योगको नवीकरण गरिएको छ । यस्तै ५४ उद्योगले नामसारी, चार उद्योगले ठाउँसारी, ७७ उद्योगले उद्देश्य थप तथा ६७ उद्योगले पुँजी वृद्धि गरेको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा दुई हजार एक उद्योग दर्ता भएका थिए । सो अवधिमा ती उद्योगमा रु दुई अर्ब ७० करोड ९० लाख लगानी भएको थियो ।

त्यस्तै आर्थिक वर्ष २०७६/७७ मा जिल्लामा तीन हजार पाँच सय १५ उद्योग थपिएका थिए । ती उद्योगमा रु एक अर्ब ८९ करोड ५२ लाख लगानी भएको थियो । रु एक लाखसम्म पुँजी भएका उद्योगले रु एक हजार १००, रु तीन लाखसम्म पुँजी भएका उद्योगले रु तीन हजार १००, रु पाँच लाखसम्म पुँजी भएका उद्योगले रु ६ हजार १००, रु ५० लाखसम्म पुँजी भएका उद्योगले रु १२ हजार १००, रु एक करोडसम्म पुँजी भएका उद्योगले रु २० हजार १००, रु पाँच करोडसम्म पुँजी भएका उद्योगले रु ३० हजार १००तथा रु पाँच करोडभन्दा बढी पुँजी भएका उद्योगले रु ५० हजार एकसय १० दर्ताबापत शुल्क बुझाउनुपर्छ ।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  २ : २३ बजे

चट्याङले घर जल्यो, ६ जनाको परिवार विस्थापित

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकामा आज चट्याङका कारण एक घर

दुर्घटनामा एक जनाको मृत्यु

नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यविन्दु नगरपालिका-११ गडर खोलास्थित

मुस्ताङको जोमसोममा लेक लागेर भारतीय पर्यटकको मृत्यु

मुस्ताङ । मुस्ताङको जोमसोममा लेक लागेर एक जना भारतीय पर्यटकको

शेखर कोइरालाद्वारा बुद्धिजीवीसँग छलफल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुक र

राष्ट्रिय फोटो पत्रकारिता दिवस सम्पन्न : अन्तरराष्ट्रिय फोटो सम्मेलन गरिँदै

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह नेपालद्वारा आयोजना गरिएको ९९औँ