१६ श्रावण २०८३, शनिबार | August 1, 2026

रोटरी तिलोत्तमा रुपन्देहीसँग जापानको रोटरी सेटेलाइटले सहकार्य गर्ने



बुटवल । रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीसँग जापानको रोटरी क्लबले सहकार्य गर्ने भएको छ । रोटरी तिलोत्तमा रुपन्देहीको शािनवार विहान बसेको ५३९ औं नियमित बैठकमा रोटरी सेटेलाईट क्लब अफ वाको २१ साकितामाका क्लबका चेयरमेन नोमिनी विष्णुप्रसाद घिमिरेले आफूहरु सहयोग र सहकार्य गर्न तयार रहेको बताए । बैठकमा प्रमुख अतिथीको रुपमा सहभागी घिमिरेले रोटरी तिलोत्तमा रुपन्देहीले नयाँ केही काम गर्न खोजेको भए प्रस्तावना पेश गर्न आग्रह गरे ।

रोटरी तिलोत्तमा रुपन्देहीका अध्यक्ष विष्णुप्रसाद भण्डारीले क्लबले यो वर्ष मुख्य गरेर अटिजम र सिकलसेल एनिमियाकाको क्षेत्रमा काम गर्न खोजेको जानकारी दिए । उनले यी दुई कार्यक्रमको लागि आफूले सहयोगको आशा गरेको उल्लेख गरे । बैठकमा क्लबका अध्यक्ष भण्डारीले अटिजम र सिकलसेल सम्बन्धी सहयोगको लागि छुट्टा छुट्टै प्रस्तावना जापानको रोटरी सेटेलाइट क्लब अफ वाको २१ साकीतामाका चेयरमेन नोमिनी घिमिरेलाई प्रदान गरेका थिए ।

बैठकमा रोटरियन डा. सतिस रुपाखेतीले बालबालिकामा अटिजमको समस्या बढदो क्रममा रहेको भन्दै यसमा सहकार्यको आवश्यक रहेको बताए । उनले भोलीका दिनमा जनसंख्याको एक प्रतिसत अटिजमको सिकार हुन सक्ने भन्दै त्यसो भएमा अर्को एक प्रतिसत हेरचाहको लागि पछि लाग्नुपर्ने अवस्था आउने उल्लेख गरे ।

क्लबले भदौको पहिलो सनिवार तिज कार्यक्रम गर्ने भएको छ । त्यसको संयोजकमा पब्लीक रिलेसन चेयर किशोरकुमार विकलाई तोकिएको छ । बैठकमा क्लबका सहसचिव अर्जुनप्रसाद आचार्यले अघिल्ला बैठकको निर्णय सुनाएका थिए । कोषाध्यक्ष टीकाराम पाण्डेले आर्थिक अवस्थाका बारेमा प्रकाश पारेका थिए । वैठकमा क्लबका पूर्व अध्यक्ष ओमप्रसाद अर्याल, प्रेसिडेन्ट नोमिनी दिपक भटराई, भाइस प्रेसिडेन्ट निराजन पोखरेल, प्रपोजल मेम्बर लगायतले आफ्ना भनाइ राखेका थिए ।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  ३ : २४ बजे

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय लगनखेलमा

सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत्

काठमाडौँ । सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न क्षेत्रमा जारी

नेपालगन्जमा सद्भाव र्‍याली, समापन स्थलमा प्लेकार्ड प्रदर्शन

नेपालगन्ज । देशमा शान्ति, सद्भाव र सामाजिक एकताको सन्देश प्रवाह

रुइला र ङुइला नाका खुलेपछि उत्तरी गोर्खाका स्थानीय हर्षित

काठमाडौं । चीनको स्वशासित क्षेत्र सिजाङ (तिब्बत)सँग जोडिएका रुइला र

नेपाली महावाणिज्य दूतावासको सेवा प्रभावकारिताबारे छलफल

काठमाडौं । दुबईस्थित नेपालको महावाणिज्य दूतावासले सेवा सञ्चालनको एक वर्ष