२२ मंसिर २०८२, सोमबार | December 8, 2025

जुडो क्लवको तर्फबाट अनाथालयलाई सहयोग



काठमाडो । किवानिज क्लब अफ एभरेष्टले सञ्चालन गर्दै आएको जुडो फर किड्स कार्यक्रमअन्तर्गत गोठाटारमा रहेको अनाथलय श्रृजनशील बाल गृहलाई शनिबार सहयोग हस्तान्तरण गरिएको छ । अस्ट्रेलियामा बस्दै आएका जुडो खेलाडी मोहन बमको पहलमा जुडो प्रेमी फ्रान्सका लाउरेन्ट डि ओलिभरले जुटाएको आर्थिक सहयोगबाट श्रृजनशीललाई सहयोग हस्तान्तरण गरिएको हो ।

अनाथलयमा आश्रित बालवालिकाका लागि ४५ हजार रुपैयाँको खाद्यान्न, त्यहाँ प्रशिक्षणरत जुडो खेलाडीका लागि ४२ हजार ५ सयको गी र त्यहाँका जुडो प्रशिक्षक उत्तमप्रताप राणाको पारिश्रमिक वापत ५० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको थियो । श्रृजनशीलको भाडा वापत ६० हजार रुपैयाँ पनि हस्तान्तरण गरियो ।

कागेश्वरी मनोहरा नगरपालिका वडा ९ का अध्यक्ष अनिल थापा, किवानिजका डिस्ट्रिक्ट प्रमुख सल्लाहकार दामोदर दाहाललगायतले श्रृजनशीलकी अध्यक्ष उमादेवी बस्नेतलाई एक कार्यक्रमबीच सहयोग हस्तान्तरण गरे । विगतमा पनि लाउरेन्टले श्रृजनशीललाई सहयोग गरेका थिए ।

कार्यक्रममा अध्यक्ष थापाले सस्थाको स्थायी भवनको लागि नगरपालिका भित्र सरकारी जग्गा भोग चलनको लागि पहल गर्ने प्रतिबद्धता जनाउदै सहयोगी मन श्री लौरेन्ट दे ओलिभर, दामोदर ढकाल र मोहन बमलाई धन्यवाद दिए ।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  ४ : २७ बजे

एनपिएल : आज कुनै पनि खेल नहुने

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा आज विश्राम

मालढुङ्गा–बेनी सडकः स्तरोन्नतिपछि यात्राअवधि छोटियो

म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा

पहिलोपटक खलङ्गा बजारमा ‘फायर हाइड्रेन्ट’ जडान भएपछि…

जुम्ला । चन्दननाथ नगरपालिका-५ स्थित खलङ्गा बजारको एक ‘मोबाइल’ पसलमा

सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

काठमाडौं । सार्वजनिक संस्थानमा गरिएको करिब रू ४७ अर्ब सरकारी