२० श्रावण २०८३, बुधबार | August 5, 2026

जुडो क्लवको तर्फबाट अनाथालयलाई सहयोग



काठमाडो । किवानिज क्लब अफ एभरेष्टले सञ्चालन गर्दै आएको जुडो फर किड्स कार्यक्रमअन्तर्गत गोठाटारमा रहेको अनाथलय श्रृजनशील बाल गृहलाई शनिबार सहयोग हस्तान्तरण गरिएको छ । अस्ट्रेलियामा बस्दै आएका जुडो खेलाडी मोहन बमको पहलमा जुडो प्रेमी फ्रान्सका लाउरेन्ट डि ओलिभरले जुटाएको आर्थिक सहयोगबाट श्रृजनशीललाई सहयोग हस्तान्तरण गरिएको हो ।

अनाथलयमा आश्रित बालवालिकाका लागि ४५ हजार रुपैयाँको खाद्यान्न, त्यहाँ प्रशिक्षणरत जुडो खेलाडीका लागि ४२ हजार ५ सयको गी र त्यहाँका जुडो प्रशिक्षक उत्तमप्रताप राणाको पारिश्रमिक वापत ५० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको थियो । श्रृजनशीलको भाडा वापत ६० हजार रुपैयाँ पनि हस्तान्तरण गरियो ।

कागेश्वरी मनोहरा नगरपालिका वडा ९ का अध्यक्ष अनिल थापा, किवानिजका डिस्ट्रिक्ट प्रमुख सल्लाहकार दामोदर दाहाललगायतले श्रृजनशीलकी अध्यक्ष उमादेवी बस्नेतलाई एक कार्यक्रमबीच सहयोग हस्तान्तरण गरे । विगतमा पनि लाउरेन्टले श्रृजनशीललाई सहयोग गरेका थिए ।

कार्यक्रममा अध्यक्ष थापाले सस्थाको स्थायी भवनको लागि नगरपालिका भित्र सरकारी जग्गा भोग चलनको लागि पहल गर्ने प्रतिबद्धता जनाउदै सहयोगी मन श्री लौरेन्ट दे ओलिभर, दामोदर ढकाल र मोहन बमलाई धन्यवाद दिए ।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  ४ : २७ बजे

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा