१६ माघ २०८२, शुक्रबार | January 30, 2026

सिविल बैंकका एटीएम प्रयोगकर्ता र कर्मचारीले होटल पौवामा विशेष सहुलियत पाउने



बुटवल । होटल पौवा प्रालि र सिविल बैंकका बीच एक आपसमा सहुलियत प्रदान गर्ने विषयमा सम्झौता भएको छ । सिविल बैंकका निक्षपकर्ता तथा कर्मचारीहरुले पौवाको सेवा लिँदा विशेष छुट पाउने छन् भने बैंकले पौवालाई बैंकिङ सहयोग गर्नेछ ।

सहुलियत सम्बन्धमा होटल पौवाको तर्फबाट ब्राण्ड बिभाग प्रमुख विष्णु भण्डारी र बैंकको तर्फबाट बैंकका लुम्बिनी प्रदेश प्रमुख किरण धमलाले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार होटल पौवाका ११ वटै शाखामा बैंकले जारी गरेको एटएिम तथा निक्षप परिचयपत्र र कर्मचारीलाई खाना, आवास र खाजामा १० प्रतिशत र स्विमिङ, बोटिङ र क्लबमा २० प्रतिशत छुट दिने छ । ‘सिविल बैंकका सबै खातावाला परिपत्र वा एटीएम बाहकलाई होटलले छुट दिने छ ।’ ब्राण्ड बिभाग प्रमुख भण्डारीले बताए ।

होटल पौवाको सुदुरपश्चिम प्रदेशको धनगढी, कर्णाली प्रदेशको जुम्ला, गण्डकी प्रदेशको पोखरा सहित लुम्बिनी प्रदेशको दाङमा ३ वटा, कपिलवस्तुमा १, रुपन्देहीमा २, पाल्पामा र गुल्मीमा १ शाखा संचालनमा रहेका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  ७ : ३२ बजे

अमेरिकामा आउने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

वाशिङ्टन डिसी । अमेरिकामा विभन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरूले

आजको मौसम : उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल

आज सहिद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै

काठमाडौं । विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर सहिद दिवस

निर्वाचन आउन ३४ दिन बाँकी : विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र