६ बैशाख २०८१, बिहिबार | April 18, 2024

जनार्दन शर्मा पुनः अर्थमन्त्री बन्दै, आजै शपथको तयारी



काठमाडौं । बजेट निर्माणमा अनाधिकृत व्यक्तिको प्रवेश गराएको अरोप लागेपछि अर्थमन्त्रीबाट राजीनामा दिए माओवादी जनार्दन शर्मा नै पुनः अर्थमन्त्री बन्ने भएका छन् । माओवादी केन्द्रले शर्मालाई नै पुनः अर्थमन्त्री बनाउन प्रधानमन्त्री सिफारिस गरेको छ ।

माओवादी अध्यक्ष प्रचण्डले आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई अर्थमन्त्री बनाउन सिफारिस गरेको बताइएको छ ।

प्रधानमन्त्रीले शर्माको नाम शितल निवास पठाएपछि राष्ट्रपतिबाट आजै उनले पद तथा गोपनियताको सपथ लिने बताइएको छ ।

बजेट भाषणको अघिल्लो रात अनधिकृत मानिसहरुलाई अर्थमन्त्रालयभित्र लिएर करका दरमा हेरफेर गरेको भन्दै विवादमा आएपछि उनले अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए ।

तर यसबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले शुक्रबार बजेट निर्माणको क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको नदेखिएको प्रतिवेदन बुझाएको थियो ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  १ : १७ बजे

बाँकेको बाहुबली हर्बल प्रालिमा आगलागी, नेपाल र भारतका ११ दमकलले आगो निभाउँदै

बाँके । बाँकेको जानकी गाउँपालिका-६ स्थित बाहुबली हर्बल प्रालिको परिसरभित्र

‘जलवायु परिवर्तनको जोखिममा रहेका देशलाई क्षतिपूर्ति दिनुपर्छ’

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले नेपालजस्ता जलवायु परिवर्तनका प्रभावको जोखिममा

सुदूरपश्चिममा सरकार दाबि गर्न प्रदेश प्रमुखले दिएको समय आज सकिदै

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री दाबी गर्न

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका