४ पुस २०८२, शुक्रबार | December 20, 2025

अर्थ मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्री शर्माले भने – आत्मनिर्भर र उत्पादनमुखी बजेट कार्यान्वयन गर्छु



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पुनः अर्थ मन्त्रालयको पदभार सम्हालेका छन् ।

आइतवार राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई अर्थमन्त्री नियुक्त गरेपछि शर्माले अर्थमन्त्रालय पुगेर कार्यभार सम्हालेका हुन् ।

करको दर हेरफेरमा विवादित बनेपछि गत असार २२ गते राजीनामा दिएका शर्मा संसदीय छानबिन विशेष समितिबाट सफाइ पाएपछि पुनः अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् ।

त्यसअघि अर्थमन्त्रालयका कर्मचारीहरुले शर्मालाई मन्त्रालयमा स्वागत गरेका थिए । कार्यभार ग्रहण गर्दै अर्थमन्त्री शर्माले गत आर्थिक वर्षको बजेट कार्यान्वयनमा भएका कमीकमजोरीलार्ई समीक्षा गर्दै चालु आर्थिक वर्षको बजेट कार्यान्वयन गरिने बताए । उनले आफुले आत्मनिर्भर र उत्पादनमुखी बजेट ल्याएकाले बजेट कार्यान्वयन गरेर अर्थतन्त्र सवलिकरणमा लागि पर्ने प्रतिवद्धता पनि जनाए

मन्त्री शर्माले मन्त्रालयका कर्मचारीहरुको सहकार्यमा काम गर्ने जनाए । बजेट कार्यान्वयनका लागि कर्मचारी सबैले सहयोग गर्नेमा आफू विश्वस्त रहेको उनले जनाए ।

 

 

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ८ : ४५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको