१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चारजनाको शव फेला, प्रहरीले अनुसन्धान गर्दै



काठमाडौं । काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चारजनाको शव फेला परेको छ । तारकेश्वर नगरपालिका–२ मा बाबु, आमा, छोरा र छोरी मृत भेटिएका हुन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले केशव पाण्डे र सुनितासहित दुईजना छोराछोरीको शव फेला परेको जानकारी दिए । पाण्डे झुन्डिएको अवस्थामा फेला परेको र अरूको शरीरमा घाउ, चोटपटक लागेको देखिएको प्रहरीले जनाएको छ ।

अहिले घटनास्थलमा काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक, प्रहरी वृत्त बालाजु र काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोली घटनास्थलमा पुगेको छ । सोमबार बिहान स्कुल जाने बेलामा एकजना बच्चाले झ्यालबाट देखेर प्रहरी र स्थानीयवासीलाई खबर गरेपछि घटना सार्वजनिक भएको हो ।

भित्रबाट ढोकाको चुकुल लगाएर शव निकालेकाले सबैले आत्महत्या गरेको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । यद्यपि मृतकका शरीरमा चोटपटक भएकाले घटना शंकास्पद मानिएको छ ।

घटनास्थलमा पुगेका तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनका अनुसार घटनास्थल बीभत्स रहेको छ । दिनेशले परिवारका सदस्यहरुको पहिला हत्या गरेर आफुले आत्महत्या गरेको हुनसक्ने महर्जनले बताए ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  २ : ३५ बजे

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१

बुटवलका मासु व्यवसायी बधशालाको मासु बेच्न अनिच्छुक

बुटवल । मानव बस्तीको चहलपहल भइरहनेस्थलमै पशुपन्छी बध गरेर प्रदुषित