१८ माघ २०८२, आइतबार | February 1, 2026

पहिरोले नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध



चितवन । पहिरोले नारायणगढ-मुग्लिन सकड फेरि अवरुद्ध भएको छ ।

गएराति ११ बजे पहिरो खसेपछि नारायणगढ-मुग्लिन सकड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । भरतपुर महानगरपालिका-२९ केराबारीमा ठूलो पहिरो गएको जिल्ला प्रहरी कार्यालयका डीएसपी नरहरि अधिकारीले बताए ।

यस्तै, भरतपुर महानगरपालिकाकै १७ किलोमा पनि पहिरो गएको उनले बताए । यसैगरी, इच्छाकामना गाउँपालिका-६ मा पर्ने ३ नम्बर पुलको बीचमा पनि पहिरो गएको छ ।

यसअघि आइतबार राति पनि पहिरो गएको थियो । सोमबार बिहानै पहिरो पन्छाएर सडक सञ्चालनमा आएको थियो। फेरि गएरातिदेखि सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएपछि काठमाडौं भित्रिने र बाहिरिने सवारी साधन तथा यात्रु बाटोमै रोकिएका छन् । सवारी साधनको लामो लाइन लागेको प्रहरीले जनाएको छ ।

पानी परिरहेकाले पहिरो पन्छाउन गाह्रो भएको डीएसपी अधिकारीले बताए । सडक नखुल्दासम्म यात्रामा ननिस्कन प्रहरीले आग्रह गरेको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ९ : ०४ बजे

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी । सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट-बुटवल सडकखण्डको

नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा १८ हजार ८ सय र चाँदी १ हजार ५ सय ६५ रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ । कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा

आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर । ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज