२१ बैशाख २०८३, सोमबार | May 5, 2026

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा



कर्णाली । कर्णाली प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश मन्त्रिपरिषद्को निर्णयानुसार साउन शुक्ल पञ्चमी (नागपञ्चमी)का अवसरमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता उपसचिव निधिराज न्यौपानेले प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक सङ्घसंस्थामा बिदा लागू हुने बताए । प्रदेश मन्त्रिपरिषद्को २०७८ चैत २९ मा बसेको बैठकले प्रदेश सरकारले २०७९ सालमा दिने बिदासम्बन्धी निर्णय गरेको थियो ।

प्रदेश सरकारले नागपञ्चमीका साथै प्रदेश स्थापना तथा सहिद दिवस भदौ ४ गते, असार १५ धान दिवस (जुम्लाबाहेक), जुम्लामा चैत १२ गते धान दिवस, साउन १ गते देउडा दिवस, भदौ १४ गते श्रीकृष्ण जन्माष्टमी र कात्तिक ३ गते असोज शुक्ल पूर्णिमा, माघ १ गते चैते दशैँको अवसरमा बिदा दिँदै आएको छ ।

 

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ९ : १२ बजे

भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस

काठमाडौँ । लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि भएको धारणासहित

लिलाम सकारेको जग्गा तीन वर्षभित्र बेच्नुपर्ने व्यवस्था खारेज

काठमाडौँ । सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाहरूले सुरक्षणवापत धितोमा

अब एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने

काठमाडौँ । सर्वोच्च अदालतले एकल महिला (विधवा) ले अर्को विवाह

आठौँ संस्करणको अभ्यास हातेमालो आजदेखि सुरु

काठमाडौँ । नेपाली सेनाको समन्वयमा विपद् व्यवस्थापनसँग सम्बन्धित मन्त्रालय, सरकारी

सशस्त्र प्रहरीलाई विश्वासिलो सुरक्षा संस्थाका रूपमा विकास गरिनेछ : महानिरीक्षक पौडेल

काठमाडौँ । नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सङ्गठनलाई विश्वासिलो,