३१ भदौ २०८३, बुधबार | September 16, 2026

साफ यू २० : बंगलादेशसँग रोकियो नेपाल, फाइलनको आशा माल्दिभ्सको हातमा



काठमाडौं । भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा जारी साफ यू-२० च्याम्पियनसिपको लिगको अन्तिम खेलमा नेपाल बराबरीमा रोकिएको छ। मंगलबार दिउँसो भएको तनावपूर्ण खेलमा नेपाल बंगलादेशसँग १-१ गोलको बराबरीमा रोकिएको छ ।

यो बराबरीसँगै नेपालको फाइलन पुग्ने सम्भावना न्यून भएको छ । अब नेपाल फाइलन पुग्ने आशा माल्दिभ्सको हातमा छ । केही समयपछि सुरु हुने खेलमा माल्दिभ्सले भारतलाई हराए मात्र नेपाल फाइनल पुग्न सक्नेछ ।

यता, नेपाललाई बराबरीमा रोकेको बंगलादेश अपराजित रहँदै फाइलन पुगेको छ । उसले ३ जित र १ बराबरी खेल्यो । ७ अंक जोडेको नेपालले २ जित, १ बराबरी र १ हारको सामाना गरेको छ ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो सुरु हुने बित्तिकै तनाव सिर्जना भएको थियो । नेपाली खेलाडीलाई बंगलादेशी खेलाडीले खराब ट्याकल गरेपछि सुरु भएको विवादले झगडाको रुप लिएको थियो । त्यसपछि रेफ्रीले ३ रेडकार्ड दिएका छन् ।

बंगलादेशका सहिदुल इस्लामले दोहोरो पहेँलो कार्डसहित रातो कार्ड पाए थिए नेपालका दिपेश गुरुङले सिधै रातो कार्ड पाएका थिए । यस्तै, नेपालका सब्टिच्युट खेलाडी रोहित सुब्बाले समेत रातो कार्ड पाएका थिए ।

६३ औं मिनेटमा मोहमद पियास अमहेद नोभाले काउन्टरमा गोल गर्दै गर्दै बंगलादेशलाई सुरुआती अग्रता दिलाए । तर, खेलको ६८ औं मिनेटमा निरन्जन मल्लले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै खेलालाई बराबरीमा ल्याए ।

गोल गरेपछि नेपालले बंगलादेशलाई बादबा दिएको थियो । नेपाल सट पास गर्दै बंगलादेशलाई दबाबमा राख्दा उसले काउन्टरमा थुप्रै गोलका राम्रा अवसर सिर्जना गरेको थियो ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ७ : १६ बजे

तीन महिनादेखि उडान नहुँदा सुनसान रेसुङ्गा विमानस्थल

गुल्मी । जिल्लाको एकमात्र रेसुङ्गा विमानस्थलबाट गएको तीन महिनामा कुनै

बुटवलमा भोलीदेखि ‘ब्यूटी क्यासल’ सञ्चालन, सौन्दर्य सेवासँगै व्यावसायिक तालिम पनि

बुटवल । सौन्दर्यसम्बन्धी विभिन्न सेवा प्रदान गर्ने उद्देश्यसहित बुटवल-८, सुख्खानगरमा

डिजेल अनियमितता प्रकरणमा तीन ट्याङ्कर निलम्बित, चालक-सहचालकलाई प्रवेश निषेध

भैरहवा । पेट्रोलियम पदार्थ ढुवानीका क्रममा ट्याङ्करमा जडित सुरक्षा प्रणालीमा

सर्वदलीय बैठक : संसद भित्र र बाहिर छुट्टाछुट्टै उच्चस्तरीय सर्वदलीय संयन्त्र बनाउने निर्णय

काठमाडौं । सर्वदलीय बैठकले उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन