१ पुस २०८२, मंगलबार | December 16, 2025

अवरुद्ध गोरखा–आँबुखैरनी सडकखण्ड पुन:सञ्चालन



गोरखा । लगातारको वर्षाका कारण झरेको पहिराले आज मध्याह्नदेखि अवरुद्ध भएको गोरखा-आँबुखैरेनी सडकखण्ड पुन:सञ्चालन भएको छ ।

पृथ्वीराजमार्गअन्तर्गत गोरखा नगरपालिकामा पर्ने गोरखा-आँबुखैरेनी सडकखण्डस्थित तिनकिलो घुम्तीमा माथिबाट खसेको पहिरो पन्छाएर सडक पुन:सञ्चालन गरिएको प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी केदार खनालले जानकारी दिए ।

“झण्डै साढे ३ घण्टापछि तनहुँतर्फबाट जेसिवी ल्याएर पहिरो हटाइएको हो, जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख बेदनाथ भण्डारीले भने, “पहिरो हटाएसँगै दुईतर्फि सडक पुन:सञ्चालन भएको छ ।’’ आज मध्याह्न सडकमा माथिबाट ठूलो पहिरो खसेको उनको भनाइ छ ।

गत वर्षमा सोही ठाउँमा पहिरो खस्ने गरेको थियो । सडक सञ्चालनमा आएसँगै गोरखा सदरमुकामबाट छुट्ने र आँबुखैरेनी नाका हुँदै गोरखा सदरमुकाम प्रवेश गर्ने सबै सवारी नियमितरूपमा सञ्चालन भएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ७ : ४६ बजे

सामाजिक सञ्जालमा प्रेम गरी विवाह गर्न भारत जाने युवती बेचबिखनको जोखिममा

राँझा । भारतीय व्यक्तिसँग सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएका आधारमा

लागुऔषध ओसारपसार गर्ने एक भारतीयसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले लागुऔषध ओसारपसार तथा बिक्रीवितरण गरेको अभियोगमा एक

पाँच फर्मलाई जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच

कांग्रेसद्वारा प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस

गण्डकी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका