१८ माघ २०८२, आइतबार | February 1, 2026

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध



रुकुम । पहिरोले गएरातिदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । रुकुम (पूर्व) को भूमे गाउँपालिका–३ दोमैमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको हो ।

सडक माथिबाट ठूलो पहिरो खस्दा उक्त सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) का प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीका अनुसार सडकमा पहिरोसँगै ठूलठूला ढुङ्गासमेत झरेका छन् । तत्काल पहिरो हटाउन सम्भव नभएको डाँगीले बताए ।

राजमार्ग अवरुद्ध हुँदा कयौं सवारी साधन र यात्रु बाटोमै अलपत्र परेका छन् । मध्यपहाडी लोकमार्गहुँदै काठमाडौं, पोखरा, बागलुङ र रोल्पाबाट आएका यात्रु भूमे गाउँपालिका-२ काँक्री र खाबाङमा बस्न भनिएको र रुकुम (पश्चिम) बाट आउनेलाई रुकुमकोटमै बास बस्न तथा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको प्रहरी नायब उपरीक्षक डाँगीले बताए ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ७ : ०५ बजे

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ । कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा

आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर । ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज

बजार झरेका मतदाता भन्छन्, ‘गाउँमै बस्ने वातावरण बनाइदेउ’

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-१ गुर्जाका रामबहादुर छन्त्यालको अस्थायी बसोबास

बागलुङ-बिहुँ खण्ड : नौ वर्षमा पाँचपटक म्याद थप, पुनः ठेक्काको तयारी

बागलुङ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बजारदेखि बिहुँ बयलडाँडाको १३

उम्मेदवारको पर्खाइमा सीमावर्ती कचनकबलका मतदाता

झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका