१ पुस २०८२, मंगलबार | December 16, 2025

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध



रुकुम । पहिरोले गएरातिदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । रुकुम (पूर्व) को भूमे गाउँपालिका–३ दोमैमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको हो ।

सडक माथिबाट ठूलो पहिरो खस्दा उक्त सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) का प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीका अनुसार सडकमा पहिरोसँगै ठूलठूला ढुङ्गासमेत झरेका छन् । तत्काल पहिरो हटाउन सम्भव नभएको डाँगीले बताए ।

राजमार्ग अवरुद्ध हुँदा कयौं सवारी साधन र यात्रु बाटोमै अलपत्र परेका छन् । मध्यपहाडी लोकमार्गहुँदै काठमाडौं, पोखरा, बागलुङ र रोल्पाबाट आएका यात्रु भूमे गाउँपालिका-२ काँक्री र खाबाङमा बस्न भनिएको र रुकुम (पश्चिम) बाट आउनेलाई रुकुमकोटमै बास बस्न तथा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको प्रहरी नायब उपरीक्षक डाँगीले बताए ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ७ : ०५ बजे

सामाजिक सञ्जालमा प्रेम गरी विवाह गर्न भारत जाने युवती बेचबिखनको जोखिममा

राँझा । भारतीय व्यक्तिसँग सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएका आधारमा

लागुऔषध ओसारपसार गर्ने एक भारतीयसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले लागुऔषध ओसारपसार तथा बिक्रीवितरण गरेको अभियोगमा एक

पाँच फर्मलाई जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच

कांग्रेसद्वारा प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस

गण्डकी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका