६ श्रावण २०८३, बुधबार | July 23, 2026

श्रीमानले बलात्कार गरेको भन्दै तिलोत्तमाकी एक महिलाद्वारा प्रहरीमा उजुरी



बुटवल । रुपन्देहीमा वैवाहिक बलात्कार विरुद्धको मुद्धा दर्ता भएको छ ।

तिलोत्तमा नगरपालिकामा एक महिलाले आफ्नै श्रीमानविरुद्ध लामो समयदेखि जबर्जस्ती करणी गरेको भन्दै वैवाहिक बलात्कारको मुद्धा दर्ता गराएकी हुन ।

तिलोत्तमा नगरपालिका– १७ निवासी उक्त पुरुष विरुद्ध इलाका प्रहरी कार्यालय, बुटवलमा पुगेर पीडित भनिएकी महिलाले गत मंगलबार ‘आफ्नै पतिले बलात्कार गरेको’ भन्दै किटानी जाहेरी दिएकी हुन्।

डीएसपी ठगबहादुर केसीका अनुसार चौधरी थरकी ती महिलालाई ६ महिनादेखि मादकपदार्थ तथा लागूपदार्थ खाएर उनका श्रीमानले कुटपिट गर्नाका साथै बिरामी हुँदा पनि श्रीमानले इच्छाविपरीत जबर्जस्ती करणी गरेको आरोप लागेको छ ।

सो अत्याचारबारे परिवारजन र आफान्तलाई जानकारी गराउँदा पनि वास्ता नगरे पछि प्रहरीसमक्ष उजुरी गर्न आएको महिलाले बताएकी छिन् । उजुरी लगत्तै सो बारेमा अनुसन्धान जारी राखिएको प्रहरीको भनाई छ ।

आफ्नै पत्नीलाईसमेत इच्छाविपरीत जबर्जस्ती करणी गरे ५ वर्षसम्म जेल सजाय हुने कानुनी व्यवस्था रहेको छ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  १० : १५ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क