१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

श्रीमानले बलात्कार गरेको भन्दै तिलोत्तमाकी एक महिलाद्वारा प्रहरीमा उजुरी



बुटवल । रुपन्देहीमा वैवाहिक बलात्कार विरुद्धको मुद्धा दर्ता भएको छ ।

तिलोत्तमा नगरपालिकामा एक महिलाले आफ्नै श्रीमानविरुद्ध लामो समयदेखि जबर्जस्ती करणी गरेको भन्दै वैवाहिक बलात्कारको मुद्धा दर्ता गराएकी हुन ।

तिलोत्तमा नगरपालिका– १७ निवासी उक्त पुरुष विरुद्ध इलाका प्रहरी कार्यालय, बुटवलमा पुगेर पीडित भनिएकी महिलाले गत मंगलबार ‘आफ्नै पतिले बलात्कार गरेको’ भन्दै किटानी जाहेरी दिएकी हुन्।

डीएसपी ठगबहादुर केसीका अनुसार चौधरी थरकी ती महिलालाई ६ महिनादेखि मादकपदार्थ तथा लागूपदार्थ खाएर उनका श्रीमानले कुटपिट गर्नाका साथै बिरामी हुँदा पनि श्रीमानले इच्छाविपरीत जबर्जस्ती करणी गरेको आरोप लागेको छ ।

सो अत्याचारबारे परिवारजन र आफान्तलाई जानकारी गराउँदा पनि वास्ता नगरे पछि प्रहरीसमक्ष उजुरी गर्न आएको महिलाले बताएकी छिन् । उजुरी लगत्तै सो बारेमा अनुसन्धान जारी राखिएको प्रहरीको भनाई छ ।

आफ्नै पत्नीलाईसमेत इच्छाविपरीत जबर्जस्ती करणी गरे ५ वर्षसम्म जेल सजाय हुने कानुनी व्यवस्था रहेको छ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  १० : १५ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग