१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

हाँसीखुसी जोडेको सम्बन्ध २ वर्षमै छुट्यो बरिलै, २७ वर्षिया सीताको मृत्यु आत्महत्या की हत्या ? (भिडियो सहित)



बुटवल । स्थान बुटवल कालिकानगरको एक होटल । समय दिउँसो १ बजे । कार्यक्रम थियो पत्रकार सम्मेलन । पत्रकार सम्मेलन भनिएपनि जव पत्रकार सम्मेलन शुरु भयो त्यहाँ पत्रकार सम्मेलन भन्दा रुवाबासी सम्मेलन शुरु भयो । पत्रकार सामु पिडा बाँड्न र न्यायको याचना गर्न उपस्थित भएपनि त्यहाँ पिडा सुनाउने काम भन्दा भँक्कानो छाडेर रुने क्रमबाटै पत्रकार सम्मेलन शुरु भयो ।

तिलोत्तमा ८ चार नम्बरका हरिप्रसाद भण्डारीले २ वर्ष अघि आफ्नो एकमात्र छोरी सीता भण्डारीको स्थानीय तिलोत्तमा ५ का टिका पौडेलसंग बिबाह गरिदिएका थिए । छोरी हुर्कँदै गएपछि विवाह गर्न आत्तिएका हरिले छोरी माग्न आएका टिकाको पारिवारिक अवस्था नबुझि २ वर्ष पहिले विवाह गरिदिएका थिए । अबिबाहित भएर छोरी माग्न आएका टिका पौडेल उमेरका हिसावले धेरै फरक भएपनि छोरी हुर्केर विवाहको उमेर पुगेको देखेका हरिले खासै चासो दिएनन् । २५ वर्षिया छोरीलाई २ वर्ष अगाडि ४१ वर्षका टिकालाई सुम्पिँदा छोरी ज्वाँईको जिवन सुखमय नै हुने हरिप्रसादको सपना थियो । विवाहको लगत्तै पाल्पाको तानसेनमा रिसोर्ट खोलेर बसेका छोरी ज्वांई हाँसीखुसी होलान् भन्ने नै हरि प्रसादका परिवारले थाने । छोरी ज्वाँईको हाँसीखुसी २ वर्षपनि टिक्न नसक्ने आशंका भएको भए एक्ली छोरी बरु हरि प्रसादले बुढी कन्या नै बनाएर पाल्थे होलान् । तर २ वर्षकै बीचमा तीजका बेला माईत आएकी छोरीलाई एकै छिनका लागि भन्दै बोलाएर लगेपनि छोरी फर्केर आईनन् । भतिजीको बर्थडे मनाउन केहिबेरका लागि ज्याँइले बोलाएर लगेकी छोरी कहिल्यै नफर्कने गरि संसार छाडेर गईन् ।

भाद्र ६ गते तीज समेत मनाएर घर फर्कने गरि ज्याँई टिका पौडेलले सीता भण्डारीलाई माईतीघर छाडेर गएका थिए । आउँदा राजीखुसी र हाँसीखुसी आएका छोरी ज्वाँईलाई स्वागत गरेका हरिप्रसादले एकरात ज्वाँईलाई घरमै राखेर बिहानको खाना समेत खुवाएर ज्याँईलाई ७ बिदा गरेका थिए भने छोरी सीता तीज सम्म बस्दै भन्दै माईतमै बसेकी थिईन् ।

तीजसम्म बस्न आएकी छोरीलाई १९ गते शनिबार भतिजीको जन्मदिन भन्दै ज्वाँईले फोन गरेर बोलाएपछि एकदिनका लागि भन्दै सीता घर गएकी थिईन् । १९ गते घर गएकी छोरी २० गते बिहान कहिल्यै माईत नआउने गरि संसारबाट बिदा भईन् । घरकाले आत्महत्या भनेपनि माइती पक्षले भने सीताको मृत्युलाई हत्या भएको बताएका छन् । छोरी गएकै साँझ ज्वाँइ घर आएर तिम्री छोरी बितरा पर्ने भईन् भन्दै चेतावनी दिएको र बिहान अस्वाभाविक अवस्थामा छोरीको शव भेटिएपछि हरिप्रसाद छोरीले आत्महत्या गरेको हुन नसक्ने ठहरमा पुगेका छन् । सीताले देह त्याग गरेकै बिहान समस्या प¥यो घर आउनुस भनेर फोन गरेका ज्वाँई घर नभेटिनु, घरका सम्धी सम्धीनीले अनविज्ञता जनाउनु र मृतकको शरिरमा निलडाम र घाँटीमा गाँठो परेको दोपट्टाको गाँठोमा मृतकको कपाल भेटिनुबाट सीताको हत्या भएको माइती पक्षले ठहर गरेका हुन् ।

गहभरी आँसु बगाउँदै पत्रकार सम्मेलनमा उपस्थित भएका हरिप्रसादका अनुसार छोरीको लास कोठामा बेवारिसे हुँदा ज्वाँई भने बिहानभरी बेपत्ता थिए । ‘राती संगै सुतेका भनिएका टिकाले बिहान ६ बजेको समयमा ससुरालाई लौ आपत प¥यो घर आउनु प¥यो भन्दै फोन गरेको तर आफुहरु हतार हतार छोरीको घर पुग्दा ज्वाँई घरमा थिएनन् ।’ हरिप्रसादले रुँदै भने । आफुहरु घरमा पुगेको केहीबेरपछि ज्वाँई घर आईपुगेको र आउँदा आउँदै श्रीमतीको मृत्युको कारक आफ्नै दिदी भएको आरोप लगाएको हरिप्रसादले बताए । ज्वाँईले छोरीको मृत्युको कारण दिदी भएको बताएपछि मात्र छोरी सीताको मृत्यु भएको हरिप्रसादले चाल पाएका थिए । सीताको शव देखे लगत्तै बेहोस भएका हरिप्रसादले त्यसपछिको घटना भने पत्रकार सम्मेलनमा भन्नै सकेनन् ।

हरिप्रसादसँगै घरमा पुगेका आफन्तहरुका अनुसार सल काटिएर भुँईमा लडेको अवस्थामा सीताको शव भेटिएको थियो भने शरिरमा निल डाम् र घाँटीमा पासो लगाएको गाँठो भित्र कपाल गुजुल्टिएको भेटिएको थियो ।

प्रहरी र घरतर्फकाले आत्महत्या भनेर घटना सामसुम् पार्ने प्रयास गरेपनि माइतीपक्षले भने हत्या भएको र दोषी पत्ता लगाई कानुनको दायरामा ल्याउन माग गरेका छन् । मृतक २७ बर्षिया युवती सीता भण्डारीका बुबा हरिप्रसाद भण्डारीले छोरीका परिवारको योजनामा आफ्नो छोरीले ज्यान गुमाउनुपरेको बताएका छन् । भण्डारीले ज्वाँई टीका पौडेलका परिवारले योजनाबद्ध हत्या गरेको आरोप लगाएका छन् ।

आत्महत्या भनिएको मृत्युलाई प्रहरीमा खबर गर्नुको साटो टिका घर छाडेर हिँडेबाट पनि सीताको मृत्यसमा शँका गर्न सकिने स्थान रहेको आफन्तहरुले बताएका थिए ।

पोष्टमार्टममा आत्महत्या भएको रिपोर्ट आएको भन्दै प्रहरीले उजुरी लिन नमानेको हरिप्रसादले गुनासो गरे । ‘मिलेमतोमा रिपोर्ट बनाईयो, मिलेमतोमै प्रहरीले उजुरी दर्ता गरेन ।’ हरिप्रसादले भने, -‘मरेकी छोरी फर्केर त आउँदिनन्, तर दोषीले कारवाही भोग्नै पर्छ ।’

प्रहरीले भने आत्महत्या नै भएको भन्दै दुरुत्साहनको अभियोगमा मुद्दा लिएर आउन सल्लाह दिएको भण्डारीले बताए । हत्यालाई जबर्जस्ती आत्महत्या बनाउने प्रयास भईरहेको उनले बताए । इलाका प्रहरी कार्यालय बुटवलमा प्रमुख प्रहरी नायव उपरिक्षक मदन कुँवरले दुरुत्साहनको मुद्दा दर्ता गरेर अनुसन्धान शुरु गरिएको जानकारी दिए ।

शनिबार राती घटना भएको भएपनि आईतबार बिहान मात्र घरपक्षकाले माइतीलाई खबर गरेका थिए । प्रहरीलाई जानकारी समेत नदिई पासो लागेको सल काट्ने र टाउकोमा सिरानी राखिएको अवस्थामा माइतीले शव भेटेका थिए । मुखबाट रगत बगिरहेको र शरिरका अन्यभागमा निलो डाम् रहेको समेत पत्रकार सम्मेलनमा फोटो देखाउँदै माइती पक्षले जानकारी दिएका थिए ।

भिडियो सहित

 

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ५ : १२ बजे

रास्वपाबाट इलाम- २ मा मिलन लिम्बु बने उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  वैशाख १५ गते

एमाले पार्टी कार्यालय अध्ययन भ्रमणमा पुगे रास्वपाका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुले नेकपा एमालेको

एमाले रुपन्देहीको दशौं अधिवेशन जेठ १६ र १७ गते, विभिन्न समितिहरु गठन गर्दै तयारी सुरु

बुटवल । नेकपा एमाले रुपन्देहीको दशौं अधिवेशन आगामी जेठ १६

लुम्बिनी प्रादेशिक अस्पतालमा निसन्तान दम्पत्तिका लागि ‘आइयुआई’ सेवा सुरु

बुटवल । प्रसुती सेवालाई बिस्तार गर्दै लगेको लुम्बिनी प्रादेशिक अस्पताल

नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

काठमाडौं । भारतमा हुने बरोडा र गुजरातसँगको फ्रेन्डसिप सिरिज तथा