१ आश्विन २०८३, बिहिबार | September 17, 2026

मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्न गठबन्धनका शीर्ष नेताहरु सहमत



काठमाडौं । आगामी मंसिर ४ गते चुनाव गर्न सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु सहमत भएका छन् ।
गठबन्धनका शीर्ष नेताहरु सहमत भएसँगै भोलि बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गर्ने बैठकमा सहभागी एक नेताले बताएका छन् ।

यसअघि निर्वाचन आयोगले सरकारलाई मंसिर २ गते निर्वाचन गर्न सिफारिस गरेको थियो । तर, केही दिनअघि प्रमुख निर्वाचन आयुक्त दिनेशप्रसाद थपलियाले मंसिर ४ मा निर्वाचन घोषणा हुनसक्ने बताएका थिए ।

गठबन्धनका नेताहरुबीच यही संसद अधिवेशनबाट संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पास गर्ने सहमति पनि जुटेको छ । त्यसपछि संसद अधिवेशन अन्त्य हुनसक्ने बताइएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ६ : ०९ बजे

बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकको

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा

बाँकेबाट लागूऔषधसहित पक्राउ

नेपालगन्ज । प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९

आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव जारी रहने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको