८ चैत्र २०८२, आइतबार | March 22, 2026

एडीबीको सहकार्यमा ६ स्थानीय तहमा योजना सञ्चालनका लागि छलफल



भैरहवा । रुपन्देही र पश्चिम नवलपरासीका स्थानीय तहमा एसियाली विकास बैंकको सहकार्यमा विकासका योजना सञ्चालनका लागि छलफल भएको छ ।

बुधबार सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानको अध्यक्षतामा पश्चिम सहरी करिडोर (६ वटा स्थानीय) अन्तर्गतका नगरका प्रमुख र एडीबी प्रतिनिधिबीच छलफल भएको हो । पश्चिम करिडोरअन्तर्गत रुपन्देहीको सिद्धार्थनगर, तिलोत्तमा, लुम्बिनी सांस्कृतिक, देवदह, सैनामैना र पश्चिम नवलपरासीको रामग्राम गरी ६ वटा नगरपालिकामा विकासका ठूला योजना सञ्चालनका छलफल गरिएको हो ।

पश्चिम करिडोरका स्थानीय तहहरूमा विकासका योजना सञ्चालनका लागि भएको छलफल सकारात्मक रहेको तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले बताए । ‘विकासका लागि एडीबीसँग भएको छलफल सकारात्मक रह्यो’,  तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले भने, ‘छिट्टै नै स्थानीय तहमा पूर्वाधार विकासका योजना सञ्चालन हुनेछन् ।’ छलफलको क्रममा एडीबीको वरिष्ठ सहरी विकास विज्ञ लक्ष्मी शर्माले एडिबीले सञ्चालन गर्न सक्ने योजनालगायतका विषयमा प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

सिद्धार्थनगर नगरपालिकाको प्रमुख इस्तियाक अहमद खानले एडीबीको सहकार्यमा तहहरुमा सञ्चालन हुने योजनाले नगरका विकासमा थप टेवा पुग्ने बताए । उनले समयमै योजना सम्पन्न गर्न तहका कर्मचारीहरूको मुख्य भूमिका रहने भएकाले सबै स्थानीय तहका कर्मचारीले आफ्नै नगरको रूपमा काम गरेर मुलुकमा नमुना नगरहरूको रूपमा स्थापति गर्न आग्रह गरे ।

तहका प्रमुखहरूले एडीबीको सहकार्यमा सञ्चालन हुने योजना समयै सम्पन्न गर्न प्रतिबद्धता जनाए । छलफलमा एडिबीले तहहरूले आ-आफ्नो क्षेत्रमा सञ्चालन गर्नसकिने विकासका योजनाहरू तीन महिनाभित्र डिपिआर तयार गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहिबार  १२ : ३३ बजे

कांग्रेसको देउवा समूहले बोलायो १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति बैठक

काठमाडौं । १४औं महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा नेतृत्वको समूहले

परम्परागत ज्ञान र आधनिक विज्ञानमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

काठमाडौं । परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण : अख्तियारद्वारा पुनः २१ जना विरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल

आठ महिनामा करिब ११ खर्ब व्यापार घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक अवधिसम्ममा

CFRD and GCD Deliver Panda Packs to 5,005 Students Across 56 Rural Nepali Schools

Kathmandu: week-long intensive educational mission across Nepal’s rural heartlands concluded