११ पुस २०८२, शुक्रबार | December 26, 2025

प्रचण्ड आज जापान जाने



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान प्रस्थान गर्दैछन् ।

पाँच दलीय गठबन्धनले पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डको जापान भ्रमणको सफलताको कामना व्यक्त गरेको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बसेको पाँच दलीय गठबन्धनले प्रचण्डको जापान भ्रमणको सफलताको कामना गरेको हो ।

‘आज राति १० बजे प्रचण्डज्यू जापान जाँदै हुनुहुन्छ । उहाँको जापान भ्रमणको सफलताको कामना गठबन्धन गरेको छ,’ बैठकपछि सञ्चारमन्त्रीसमेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

नेपाली जनप्रगतिशील मञ्च जापानको आयोजनामा टोकियोमा ‘समृद्ध नेपालको आधार आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयक अन्तर्क्रिया कार्यक्रमलाई प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

टोकियो खामेइदो कल्चर सेन्टरमा आगामी अगष्ट ७ तारिख हुने कार्यक्रममा त्यहाँस्थित नेपाली समुदायको उपस्थिति रहने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  १ : ०७ बजे

ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव हाम्रा प्ररेणाका पुञ्ज हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान, सीप र अनुभवले भरिपूर्ण

हुम्लाको सर्केगाडमा भीषण आगलागी, दुई जना गम्भीर घाइते, चार घर जले

सुर्खेत । हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका-२ स्थित रिप गाउँमा बिहीबार

कांग्रेस महाधिवेशन विवाद चर्किँदै, कार्यसम्पादन समिति बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनको विषयलाई लिएर देखिएको विवाद झन्

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक

विभिन्न कार्यक्रमका साथ ज्येष्ठ नागरिक दिवस मनाइँदै

काठमाडौं । ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’