२३ बैशाख २०८३, बुधबार | May 6, 2026

रास्वपाले सोसल मिडियामा स्टन्टबाजी गरेर भ्रम फैलायो : प्रचण्ड



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सामाजिक सञ्जालमा स्टन्टबाजी गरेर जनतामा भ्रम छर्ने काम गरिरहेको आरोप लगाएका छन् ।

मंगलबार (माघ १३ गते) काठमाडौंमा आयोजित नेकपा र क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका एकता पक्षधरहरूसँगको एकता घोषणा कार्यक्रममा बोल्दै प्रचण्डले रास्वपामाथि कडा टिप्पणी गरेका हुन् ।

उनले विचार र सिद्धान्तको स्पष्ट आधार नहुँदा रास्वपा निर्वाचनको समयमा सामाजिक सञ्जाल केन्द्रित प्रचार र स्टन्टबाजीमा सीमित हुन पुगेको दाबी गरे । “सो पार्टीमा अहिले सिद्धान्तको खडेरी छ, विचारको खडेरी छ,” प्रचण्डले भने, “सोसल मिडियामा स्टन्टबाजी गरेर जनताको दिमाग चाट्ने काम भइरहेको छ ।”

घण्टी बजाएर मात्र देश नबन्ने उल्लेख गर्दै उनले देशको समृद्धि र जनताको हितका लागि स्पष्ट विचार, नीति र सङ्गठित शक्ति आवश्यक रहेको बताए ।

“घण्टी बजाएर मात्रै हुनेवाला केही पनि छैन,” प्रचण्डले भने, “यस्तो प्रवृत्तिलाई सबै वामपन्थी शक्तिहरू एकताबद्ध भएर मात्र क्रस गर्न सकिन्छ ।”

उनले मुलुकको वर्तमान राजनीतिक अवस्थालाई ध्यानमा राख्दै सबै वामपन्थी शक्तिहरू आपसी मतभेदभन्दा माथि उठेर एकताबद्ध रूपमा अघि बढ्नुपर्नेमा जोड दिए । वामपन्थी एकतामार्फत मात्र देश र जनताको हित सुरक्षित गर्न सकिने उनको भनाइ छ ।

कार्यक्रममा प्रचण्डले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेता मोहन वैद्य ‘किरण’लाई समेत संकेत गर्दै उनी आफ्नो पार्टीमा समाहित भए सम्मानका साथ स्वागत गरिने बताए ।
“सबै वामपन्थी शक्तिहरू एक ठाउँमा उभिएर अघि बढे मात्र देशलाई सही दिशामा लैजान सकिन्छ,” उनले भने ।
उक्त कार्यक्रममा नेकपा र क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका एकता पक्षधरहरूबीच औपचारिक रूपमा एकता घोषणा गरिएको थियो ।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  ३ : ३० बजे

भैरहवामा रहेको रोयल कालिङ्गा क्यासिनोमा जुवा खेल्दै गरेका १९ नेपाली पक्राउ

बुटवल । रुपन्देहीको सिद्धार्थनगरस्थित क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा १९ नेपाली

नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल

सुदूरपश्चिम । भारततर्फबाट आयात हुने मालसामानमा सीमा क्षेत्रमा भन्सार कडाइ

निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ : अध्यक्ष ढकाल

काठमाडौं । चन्द्रप्रसाद ढकाल नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षको तीनवर्षे

अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता

काठमाडौं । अष्ट्रेलियाको भिक्टोरियास्थित विन्डम सिटी र ललितपुरस्थित गोदावरी नगरपालिकाबीच

अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु

काठमाडौं । केही दिन यतादेखिको वर्षासँगै आएको बाढी पहिराका कारण