४ पुस २०८२, शुक्रबार | December 19, 2025

विमानस्थलबाट सुनको औंठी र मोबाइलसहित दुई जना पक्राउ



काठमाडौं । प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ५० ग्राम सुनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यान कालिमाटी गाउँपालिका-३ वतन भएका भूपेन्द्र घर्ती मगर र सिन्धुपाल्चोक ठूलोपखार गाउपालिका-८ वतन भएका भीमबहादुर तामाङ रहेका छन् ।

हिमालय एयरलाइन्सको विमानबाट दुबई हुँदै काठमाडौं आएका उनीहरुलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलको आगमन टनेल गेटबाट पक्राउ गरेको हो ।

प्रहरीले भुपेन्द्रको साथबाट २५ ग्राम तौल बराबरको १ थान सुनको बेरुवा औंठी र ३ थान आईफोन ७ प्लस तथा भीमबहादुरको साथबाट पनि २५ ग्राम तौल बराबरको १ थान सुनको बेरुवा औंठी र १ थान आईफोन ८ प्लस तथा १ थान आइफोन ७ प्लस बरामद गरेको छ ।

पक्राउ परेका उनीहरूलाई बरामद सामानसहित आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  १० : २० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको