२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

मणिमुकुन्दको अध्यक्षमा पुन: लोकेन्द्र



बुटवल । नेपाली पुरुष भलिवलमा अग्रस्थान ओगट्न सफल रुपन्देहीको भलिवल क्लब मणिमुकुन्द भलिबल क्लबको सातौ साधारण सभा तथा चौथौ अधिवेसनबाट लोकेन्द्र कुमार भण्डारी दोस्रो कार्यकालका लागि अध्यक्षमा दाहोरिएका छन् । आज बुटवलमा सम्पन्न चौथो अधिवेशनबाट १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

अधिवेशनले वरिष्ठ उपाध्यक्ष किशन चन्द, उपाध्यक्ष ओमकार थापा, सचिव काशि गौतम, कोषाध्यक्ष यम बहादुर पुन, सहसचिव सुदिप खत्री, मानार्थ सदस्य प्रताप खवास, सदस्यहरु कुल बहादुर थापा, उदय मल्ल, प्रेम पुन, चिरन फाल, थमन खत्री, रबिन सारु, रोशन चन्द, टेकमाया छन्त्याल चयन भएका छन ।

निर्वाचन अघि साधा।णसभा तथा अधिवेशनकोे उद्घाटन गर्दै प्रदेश खेलकुद विकास परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले लुम्बिनी खेल पर्यटनको सम्भावना बोकेको क्षेत्र भएको बताए । उनले प्रदेशमा साहसिक र विदेशी पर्यटक भित्राउने गरि खेल पुर्वाधारको विकासमा प्रदेश सरकार लागेको जनाए । १२ औ राष्ट्रिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको सफलताबाट लुम्बिनी प्रदेश खेलकुदमय भएको दाबी गर्दै उनले सबै खेल सरोकारवालाहरु आगामी दिनमा खेल विकासमा लाग्नुपर्ने बताए । नवौ राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउने गरि प्रदर्शनको तयारीमा सबै खेल र खेलाडीहरुको जुटेको उनले बताए ।

नेपालको राष्ट्रिय खेल भलिबलको विकासमा नीजि क्षेत्रको योगदान रहेको भन्दै सरकारबाट आगामी दिनमा पुर्वाधारमा सहयोग गर्ने उनले प्रतिवद्धता जनाए ।

कार्यक्रममा लुम्बिनी प्रदेश भलिबल संघका वरिष्ठ उपाध्यक्ष योग गुरुङ जिल्ला भलिबल ले संरचनागत रुपमा संघ भर्खरमात्र संघियतामा गएको भन्दै ३ तहको सरकारबाट आवश्यक सहयोग लिदै विकासमा अघि बढ्ने बताए । कार्यक्रममा संघका अध्यक्ष सुरेन्द्र शाक्य, क्लबका वरिष्ठ सल्लाहकार टुक बहादुर क्षेत्री, नेपाल पत्रकार महासंघका सल्लाहकार दिनेश पाण्डे, उपाध्यक्ष विश्वास ढकाल, क्लबका सचिव मेघराज भट्टराईले खेलकुदको पुर्वाधार विकासमा जोड दिनुपर्ने बताए ।

 

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ६ : १९ बजे

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४

वायु प्रदूषण अत्याधिक बढ्दो, मास्कको प्रयोग गर्न आग्रह

काठमाडौं । हालैका दिनहरूमा मौसमी प्रतिकूलताका कारण देशका विभिन्न भागमा

ट्रम्प प्रशासन अगाडि उभिएको भयावह विकल्प : आर्थिक पतन कि नौसैनिक संकट?

ट्रम्प प्रशासन अहिले दुई गम्भीर जोखिमको बीचमा फसेको छ –

लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित १४ जनालाई पक्राउ

आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा पाकिस्तानद्वारा बधाई

काठमाडौं । पाकिस्तानले आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाली जनता र