६ पुस २०८२, आइतबार | December 22, 2025

मणिमुकुन्दको अध्यक्षमा पुन: लोकेन्द्र



बुटवल । नेपाली पुरुष भलिवलमा अग्रस्थान ओगट्न सफल रुपन्देहीको भलिवल क्लब मणिमुकुन्द भलिबल क्लबको सातौ साधारण सभा तथा चौथौ अधिवेसनबाट लोकेन्द्र कुमार भण्डारी दोस्रो कार्यकालका लागि अध्यक्षमा दाहोरिएका छन् । आज बुटवलमा सम्पन्न चौथो अधिवेशनबाट १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

अधिवेशनले वरिष्ठ उपाध्यक्ष किशन चन्द, उपाध्यक्ष ओमकार थापा, सचिव काशि गौतम, कोषाध्यक्ष यम बहादुर पुन, सहसचिव सुदिप खत्री, मानार्थ सदस्य प्रताप खवास, सदस्यहरु कुल बहादुर थापा, उदय मल्ल, प्रेम पुन, चिरन फाल, थमन खत्री, रबिन सारु, रोशन चन्द, टेकमाया छन्त्याल चयन भएका छन ।

निर्वाचन अघि साधा।णसभा तथा अधिवेशनकोे उद्घाटन गर्दै प्रदेश खेलकुद विकास परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले लुम्बिनी खेल पर्यटनको सम्भावना बोकेको क्षेत्र भएको बताए । उनले प्रदेशमा साहसिक र विदेशी पर्यटक भित्राउने गरि खेल पुर्वाधारको विकासमा प्रदेश सरकार लागेको जनाए । १२ औ राष्ट्रिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको सफलताबाट लुम्बिनी प्रदेश खेलकुदमय भएको दाबी गर्दै उनले सबै खेल सरोकारवालाहरु आगामी दिनमा खेल विकासमा लाग्नुपर्ने बताए । नवौ राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउने गरि प्रदर्शनको तयारीमा सबै खेल र खेलाडीहरुको जुटेको उनले बताए ।

नेपालको राष्ट्रिय खेल भलिबलको विकासमा नीजि क्षेत्रको योगदान रहेको भन्दै सरकारबाट आगामी दिनमा पुर्वाधारमा सहयोग गर्ने उनले प्रतिवद्धता जनाए ।

कार्यक्रममा लुम्बिनी प्रदेश भलिबल संघका वरिष्ठ उपाध्यक्ष योग गुरुङ जिल्ला भलिबल ले संरचनागत रुपमा संघ भर्खरमात्र संघियतामा गएको भन्दै ३ तहको सरकारबाट आवश्यक सहयोग लिदै विकासमा अघि बढ्ने बताए । कार्यक्रममा संघका अध्यक्ष सुरेन्द्र शाक्य, क्लबका वरिष्ठ सल्लाहकार टुक बहादुर क्षेत्री, नेपाल पत्रकार महासंघका सल्लाहकार दिनेश पाण्डे, उपाध्यक्ष विश्वास ढकाल, क्लबका सचिव मेघराज भट्टराईले खेलकुदको पुर्वाधार विकासमा जोड दिनुपर्ने बताए ।

 

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ६ : १९ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको